नेपालगन्ज : नेकपा एमाले बाँकेको आसन्न ८ औँ जिल्ला अधिवेशनका लागि लोगो सार्वजनिक भएको छ । एमाले बाँकेको कार्यालयमा आइतबार अधिवेशनका लागि तयार पारिएको लोगो सार्वजनिक गरिएको अध्यक्ष निरक गुरुङले जानकारी दिए ।
जिल्ला अध्यक्ष गुरुङ र एमाले बाँकेको प्रचार समिति संयोजक डिल्ली विसीले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका थिए । लोगोले धार्मिक तथा सामाजिक सद्भाव सम्बन्धी सन्देश दिएको छ । उक्त लोगोमा बागेश्वरी मन्दिर, मस्जिद, गुरुद्धारा, गुम्बा, चर्चलाई समेटिएको छ । एमाले बाँकेको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुदैछ ।
उक्त अधिवेशनका लागि जिल्लाका ८१ वटा वडाबाट झण्डै एक हजार १ सय प्रतिनिधी सहभागी हुनेछन् । ति प्रतिनिधीले जिल्ला कार्यसमिति पदाधिकारी निर्वाचित गर्नेछन् । एमाले बाँकेको नेतृत्व हाँक्न नेताहरुबीच रस्साकस्सी नै चलेको छ ।