Saturday, February 8, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथ गाउँपालिकाद्दारा लिखित धारणा सार्वजनिक

बैजनाथ गाउँपालिकाद्दारा लिखित धारणा सार्वजनिक

बैजनाथ गाउँपालिकाद्दारा लिखित धारणा सार्वजनिक
कोहलपुर ४ फागुन
बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो लिखित धारणा सार्वजनिक गरेको छ । गाउँपालिकामा मिति २०७८ माघ २५ गते नेपाली काङ्ग्रेस बैजनाथ र मिति २०७८ फागुन २ गते नेपाली काङ्ग्रेस लगाएत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगाएतका दलले विभिन्न विषयमा माग राखी बिरोध भएको विषयमा गाउँपालिकाको ध्यानाकर्षण भएको छ। बताउदै सो विषयमा लिखित रुपमा प्रष्टाईएको छ।गाउँ पालिकाले ८ बुँदे प्रेस बिज्ञप्ती जारी गर्दै पालिकाले गरेका गतिविधि बारे गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले हस्ताक्षर गरेर सार्बजनिक गर्नुभएको छ।
विज्ञप्तीमा बैजनाथ गाउँपालिका र भुमी सम्बन्धि समस्या समाधान आयोग बिच मिति २०७८/८/२८ गते सम्झौता भै मिति २०७७/१०/१४ गते देखि भुमिहिन सुकुम्बासी भुमिहिन दलित अब्यवस्थित बसोबास लगाएतका विवरण संकलन गर्ने कार्य भै मिति २०७७/११/१३ गते र थप ७ दिनको पुन म्याद थप गरि सो अवधी सम्म वडाहरु बाट (भुमिहिन दलित ९२४)भुमिहिन सुकुम्बासी १६२७ अव्यवस्थित बसोबासी ७७६४ गरि जम्मा १० हजार ३ सय १५ परिवारको तथ्यांक संकलन भएको साथै यस कार्यालयमा प्राप्त भएका उक्त विवरणहरु सम्बन्धित आयोगको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा पठाई सकिएको भुमिहिन सुकुम्बासी,भुमिहिन दलित अव्यवस्थित बसोबासीको विवरण पश्चात नापी कार्यालयसँग समन्वय गरि वडा नम्बर ६ को २८ घर इमिलीटाेल,पाल्लागाउँ र लालपुर गरि ३६० कित्ता जम्मा ३५ हेक्टर जग्गा नापजाँच गरिएको छ साथै वडा नम्बर २ को मकैबारी पाहाडिपुर,गुनापुरमा प्वाइन्ट पत्ता लगाउने कार्य समेत भएको छ।साथै कार्य गर्दै आयोग विघटन भए पश्चात नाप नक्सा लगाएत आयोगले गर्नु पर्ने कार्य रोकिएको हो।जसमा मागिएको विवरण उपलब्ध गराउँदा समेत आयोगले यश गाउँपालिका सँग सम्झौता नगरेको गाउँपालिका भित्र रहेका किसानहरुको बेमौसमी धानबाली नोक्सानी क्षतिपूर्ति तथ्यांक समयमा नगएको सन्दर्भमा पालिकाको कृषि शाखा र पशु विकास शाखामा कार्यरत कर्मचारीहरुबाट किसानको खेतमा गई तथ्यांक संकलन गर्ने कार्य भएको सो को प्रारम्भिक विवरण वडा नम्बर १ देखि ८ सम्मको ४९६६ प्राप्त भएको पुनः उक्त विवरणका सन्धर्भमा मापदण्ड अनुसारका आवश्यक कागजात र बैंक खाता माग गर्ने सम्बन्धि सूचना जारी गर्दा प्राप्त नभएकाले जम्मा ४१२० जना हुन आएको साथै वडा नम्बर ८ बाट ९८ जनाको विवरण बढि प्राप्त भएको देखिन्छ।उक्त विषयमा जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकबाट प्रारम्भिक लगत संकलनका आधारमा रु २ करोड ८३ लाख १५ हजार ८७ रुपैयाँ स्वीकृत भै पालिकास्तरीय सिफारिस समितिमा पेश भएको विवरणलाई मिति २०७८/१०/२७ को निर्णयानुसार श्री कृषिज्ञान केन्द्र बाँकेलाई पठाईएको ।गाउँपालिका अन्तर्गतका माध्यमिक बिद्यालयहरुमा दरबन्दी नभएका बिद्यालय ब्यवस्थापन समितिको मागका आधारमा जुन बिद्यालयमा मा बि तहका दरबन्दीहरुमा कार्यरत स्थायी शिक्षकलाई माग भएका बिद्यालयमा ब्यवस्थापन गर्ने र झिकिएका बिद्यालयमा पालिकाको अनुदान कोटा पठाउने निर्णय भएको ब्यहोरा जानकारी गराईन्छ।जसमा बिद्यालयको माग र संस्थागत हितलाई ध्यान दिई गरिएको ।बिद्यालय ब्यवस्थापन समितिको म्याद समाप्त भएको सन्दर्भमा गत आर्थिक बर्षमा गठन प्रक्रिया शुरु भएकै अवस्थामा कोभीड १९ महामारीको दोस्रो लहर आएपछि गठन प्रक्रियालाई रोकि महामारीको सहज वातावरण नहुँदा सम्मका लागि रोकिएको अर्को र गठन नहुँदासम्मका लागि सोही समिति बाट कार्य गर्न भनिएकोमा म्याद समाप्त भएका बिद्यालयहरुको सन्दर्भमा अबिलम्ब ब्यवस्थापन समिति गठन बिद्यालय प्रशासनले प्रक्रिया अगाडि बढाउनु पर्ने हो के कति कारणले बोलाएको छैन सो सम्बन्धमा पालिका बाट शिक्षा तथा खेलकुद बिकास शाखालाई जानकारी गरिएको ।निर्वाचन मिति घोषणा भएकोले प्रशासनिक कार्य बाहेक अन्य कार्य गर्न नपाईने भन्ने विषयमा सो सम्बन्धमा निर्वाचन आयोग बाट आचारसंहिता जारी नभएकाले गाउँपालिकाले गर्न पाउने सबै कामहरू गर्दै आएको यश गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बेरुजु रकम रु ७ करोड ४१ लाख ४८ हजारको सन्दर्भमा गत:आर्थिक बर्षको महालेखाको प्रारम्भिक प्रतिबेदन नै प्राप्त नभएको साथै उक्त रकम कुन श्रोतबाट देखीन आएको हो जानकारी नभएकोले सो विषयका सन्दर्भमा प्रष्ट पार्नु पर्ने नदेखिएको
तथा कोभिड १९ को महामारी बाट प्रभावित अति बिपन्न परिवार नगत हस्तान्तरण कार्यक्रमका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८/७/२५ को पत्रका बिषयमा कार्यपालिकामा छलफल भई पालिका बाट वडा कार्यालयहरुलाई उक्त विवरण पेश गर्नका लागि जानकारी गरिएको तर हाल सम्म विवरण प्राप्त नभएको । कोभीड १९ महामारी बाट अति बिपन्न नगत हस्तान्तरण कार्य बिधि २०७८ अनुसार कार्य गर्न असहज भएका कारणले सो सम्बन्धमा निर्णय हुन बाँकी रहेको कुरा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments