Saturday, February 8, 2025
spot_imgspot_img
HomeUncategorizedकाङ्ग्रेस बाँकेको स-सचीवमा बिनोद थारुको दाबी

काङ्ग्रेस बाँकेको स-सचीवमा बिनोद थारुको दाबी

नेपालगन्ज : बाँके जिल्लाको बैजनाथ ७ पेडारीका युवा समाजसेवी विनोद थारु नेपाली कांग्रेसका एक जुझारु युवा नेताका रुपमा चिनिन्छन्। नेपाली कांग्रेसले गर्ने हरेक आन्दोलन होस् या कार्यक्रममा अनिवार्य उपस्थित हुन्छन् । थारु समुदायको प्रतिनिधित्व गर्दै उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका छन् आगामी १३ गते हुने जिल्ला अधिबेशनमा बाँके जिल्ला नेपाली काङ्ग्रेसको सह-सचीवमा बैजनाथका बिनोद थारुले दाबि गर्ने बताएका छन् ।थारु एवं जनजाति बाट कलस्टरका आधारमा समेत उनको उम्मेदवारी स्वभाविक लिन सकिन्छ।

उनिसँगै पढेका साथीहरु जागिरमा रमाइरहेका छन्, तर विनोद भने जनताको सेवा गर्नका लागि पार्टी राजनीतिमा सक्रिय छन् । उनको सक्रियताले अन्य युवाहरुलाई पनि उत्साहित बनाउने गर्छ । नेपाली कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि विनोदले जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यही फागुन १३ गते कांग्रेस बाँकेको निर्वाचन हुदैछ ।बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारी निवासी उनलाई संस्थापन (देउवा) पक्षबाट सह-सचिव पदमा उम्मेदवारी दिन थुप्रै नेता, कार्यकर्ताले सुझाव दिइरहेका छन् । ‘मलाई धेरै अग्रजहरुले जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिन सुझाव दिनु भएको छ, यसले मलाई उर्जा दिइरहेको छ।

विनोद २०५५ सालमा पाटन संयुक्त क्याम्पसमा तराई विद्यार्थी परिवार र नेपाल विद्यार्थी संघको सदस्य भएका थिए । २०५९ मा त्रि-चन्द्र क्याम्पस काठमाडौंमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य भए । २०६२/०६३ सालको १९ दिने जनआन्दोलनमा नेविसंघ त्रि-चन्द्र क्याम्पसका तर्फबाट आन्दोलनमा सहभागी भएर दुई पटक गिरफ्तारीमा परेका थिए ।

नेपाली कांग्रेसबाट अलग भएर विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक निकट युवा फोरमको २०६८ मा जिल्ला सह-सचिव भएका थिए । यस्तै २०७० सालमा फोरम लोकतान्त्रिक बाँकेको जिल्ला सह-सचिव भएर काम गरे । नेपाली कांग्रेस र तत्कालिन फोरम लोकतान्त्रिकबीच पार्टी समायोजन भएपछि २०७६ मंसिरमा सम्पन्न कांग्रेस महासमिति बैठकपछि युवा नेता विनोद महासमिति सदस्यमा मनोनित भएका थिए ।

२०७५ सालमा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा उनी मनोनित भएका थिए । तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा उनले नेकपा माओबादीबाट दुःख पाएका थिए । पार्टीको राजनीतिसँगै सामाजिक अभियानमा पनि उनको त्यतिकै योगदान रहेको छ ।

२०५७ सालमा मुक्त कमैयाहरुको बालबालिकाहरुका लागि शिक्षाको अभियान सुरु गरेका थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्ती घोषणा गरेपछि मुक्त कमैया पुर्नस्थापना अभियानमा सहभागी भएका थिए । उनी २०६८ सालमा थारु कल्याणकारिणी सभा बाँकेको जिल्ला सदस्य भए ।

विनोद २०७४ सालमा थारू कल्याणकारिणी सभा बाँकेको सभापतिमा निर्वाचित भएका थिए । २०७२ सालमा स्थानीय तह पुर्नसंरचनाका क्रममा बैजनाथ गाउँपालिका नामाकरनमा समेत संयोजकको भुमिका निर्वाह गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments