Saturday, February 8, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले बीरगन्ज महानगरले फागुन १५ देखी घर दैलो अभियान गर्ने

एमाले बीरगन्ज महानगरले फागुन १५ देखी घर दैलो अभियान गर्ने

नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले फागुन १५ गते देखी घर दैलो अभियान संचालन गर्ने भएको छ ।बीरगन्ज महानगर कमिटी को आज बसेको पुर्ण बैठक ले फागुन ७ गते देखी १४ गते सम्म पार्टी संगठन बैठक र जन संगठन हरु को निर्माण हरेक वार्ड मा गर्ने निर्णय गरेको छ । बैठक ले लोसपा का नेता राजेश मान सिंह सहित हजारौ को संख्या मा हुने बृहत् पार्टी प्रवेश को आयोजना गर्ने र सो कार्यक्रम मा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई अतिथि को लागि आग्रह गर्ने निर्णय भएको सचिव सुन्दर कुर्मी ले जानकारी दिनु भएको छ ।

बैठक मा उपाध्यक्ष महेश दास ले अगामी कार्य योजना बारे प्रकाश पार्नु भएको थियो । अध्यक्ष राजेन्द्र प्रसाद यादव को अध्यक्षता मा भएको बैठक मा जिल्ला इन्चार्ज प्रभु हजरा , केन्द्रीय सदस्य राज कुमार गुप्ता, निर्मला देवकोटा, जिल्ला उपाध्यक्ष विशम्भर कुमार शर्मा , विना शर्मा लगायत ले पार्टी पक्ती स्थानिय चुनाव मा उर्जा को साथ परिचालन गर्न निर्देशन दिनु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments