Saturday, February 8, 2025
spot_imgspot_img
HomeUncategorizedमन्त्री सिंहद्धारा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न छलफल

मन्त्री सिंहद्धारा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न छलफल

सुर्खेत , ५ फागुन / विद्युतीकरणमा देखिएको समस्या समाधान गर्नका लागि कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विषयगत गत कार्यालयसँग छलफल गर्नुभएको छ ।
विद्युतीकरण गर्दा रुख कटान देखि अन्य काम गर्दा पटक पटक समस्य आइ काममा ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी , कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्द प्रसाद दहाल बीचमा छलफल भएको हो ।
कोहलपुरा देखि सुर्खेत सम्मा १३३ केभी प्रशारण लाइनमा देखिएको समस्य देखि पश्चिम सुर्खेतमा देखिएको समस्याका बारेमा पनि छलफल भएको मन्त्री सिंहले बताउनुभयो । यो भन्दा अगाडी १० जिल्ला नेपाल विद्युत प्राधिकरणका प्रमुख , खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफल पछि आज मन्त्री सिंहले सरोकार राख्ने मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको हो ।
वातारणीय प्रभाव मुल्यांकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना बस्तुबादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालले बताउनुभयो । इआएमा देखिएको समस्या समाधान गर्ने बिषयमा समेत छलफल भएको थियो । कर्णालीका १० जिल्लामा विद्यतीकरण गर्दा वन क्षेत्र भित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको बताएको छ ।
विकास निर्माणमा कार्यमा प्रयोग हुने वन क्षेत्र र सो सँग सम्वन्धित वातावरणीय अध्ययन लगाएतका कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव , निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी काम लाइ सहजिकरण गर्ने सहमति भएको छ । यो समितिले निष्कष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी सो समिति सँग छलफल गरी सहमती गर्ने समाधान गर्ने वैठकले निर्णय गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments