बाँके । राप्रपाको केन्द्रीय सदस्यमा नायिका रेखा थापासहित १४ जना मनोनीत भएका छन।पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेकका हुन ।नायिका थापा यसअघि महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर चुनावमा उनी पराजित भएकी थिइन् ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् ।यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।


