बाँके जिल्लाको बैजनाथ गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा आगामी चैत १४ गतेदेखि गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।
उक्त फुटबल प्रतियोगिता गाउँपालिका स्तरीय खेल मैदान बैजनाथ ६ लालपुर डाँडामा करिब ४ दिन चल्ने छ। बैजनाथ गाउँपालिका भित्र रहेका ८ वटा वडाहरु बाट एउटा वडा एउटा फुटबल टिम सहभागी गराईने भएको छ भने गाउँपालिका नाराका साथ फुटबलको आयोजना गर्ने र खेल खेलाईने गाउँपालिका खेलकुद बिकास समिति संयोजक दिल बहादुर विश्वकर्माले जानकारी दिनुभयो।