बैजनाथ सम्बादाता/सोमबार १४ चैत
बाँके जिल्लाको बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति संयोजक दिल बहादुर विश्वकर्माको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यमा सोमबार बैजनाथ गाउँपालिका स्तरीय खेलकुद मैदान बैजनाथ ६ लालपुरमा गाउँपालिका स्तरीय फुटबल प्रमुख अतिथि रुचाल द्वारा बल हस्तान्तरण गरेर खेल शुभरम्भ गरिएको छ।
उक्त फुटबल कार्यक्रममा नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदिप)नेकपा एमालेका बैजनाथ सचीव प्रेम सुवेदी वडा अध्यक्ष भद्र बहादुर बस्नेत गाउँकार्यपालिका सदस्य स्थानीय समाजवेसी लगाएतको उपस्थितिमा कार्यक्रम भब्यताका साथ शुभारम्भ सम्पन्न गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रुचालले बैजनाथलाई खेलकुदको माध्यम द्वारा चिनाउने र खेलाडी उत्पादन गर्ने ब्यावसायिक खेलाडि उत्पादन गर्ने उद्देशका साथ स्थानीय सरकार खेलकुद बिकास समिती द्वारा आयोजित कार्यक्रममा बैअनाथका सबै वार्डहरु बाट एउटा फुटबल टिम तयार गरेर कुल ८ समुहलाई सहभागी भएका मध्ये उत्कृष्ट खेलाडी उत्पादन गर्न खेलकुद बिकाश समिती लाई निर्देशन दिनुको साथै सबै खेलाडीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभएको बैजनाथ खेलकुद बिकास समिति शाखा संयोजक दिल बिश्वकर्माले जानकारी दिनुभयो ।