Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एसको चुनावी अभियान शुरु

नेकपा एसको चुनावी अभियान शुरु

बाँकेको खजुरामा नेकपा एकीकृत समाजवादी सरकारले स्थानीय तह चुनावको जोडतोडले तयारी गरिरहेको छ । यस्तोमा बाँकेका स्थानीय तहमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता ब्यक्तिगत तथा पार्टीगत रुपमा उमेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिन सुरु गरिसकेका छन् ।

बाँकेको चर्चामा रहेको खजुरा गाउँपालिकामा समेत चुनावी अभियान सुरु भैसकेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले खजुरामा बृहत र्‍यालीको आयोजना गर्दै चुनावी अभियानको सुरु गरेको छ ।समाजबादीको चुनावी अभियान सुरु भए संगै खजुरा गाउँपालिकामा चुनावको रौनकले छुट्टै माहोल बनाउदै गएको खजुराका स्थानीय जनताले बताएका छन् ।

आजको नेकपा एकीकृत समाजबादीको चुनावी अभियान पछि चुनावको आयो है भन्ने अनुभुती भयो खजुरा वडा नम्बर तिनका स्थानिय लाल बहादुर ओलिले बताए ।नेकपा एस नेता पोलिटब्युरो सदस्य दल बहादुर सुनार, केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा एस बाँकेका सचिव दिपक जिएम, नेकपा एसका नेताहरु लाल बहादुर खत्री, युवा नेता बिकास काउचा सहितको नेताहरुको उपस्थिति रहेको चुनावी अभियानको सुरुवात गर्दै खजुरामा नेकपा एसको उपस्थिति जबर्जस्त रहेको बताउन सफल सफल रहेको नेकपा एस बाँकेका नेता ऋषि पोखरेलले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments