बाँकेको जनाथ गाउँपालिका ६ लालपुरको गाउँपालिका स्तरीय खेलमैदानमा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा पहिलो चरनको खेलमा बैजनाथ ४ नम्बर वडा र बैजनाथ ८ नम्बर वडा बिच भएको खेलमा कडा प्रतिस्पर्धा भएको खेलमा अन्तिममा ४ नम्बर वडा पेनाल्टी मार्फत बिजय भएको छ।
त्यसैगरी दोस्रो चरणको खेल ५ नम्बर वडा र १ नम्बर वडा बिच भएको खेल अन्तिम सम्म कडा प्रतिस्पर्धामा समय सकिय पछि अन्तिममा पेनाल्टी मार्फत १ नम्बर वडाले जित हात पारे लगतै बिजयी दुबै समूहले सेमिफाइनल प्रवेश गरेको खेलकुद बिकाश समिति संयोजक दिल बहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
नकआउटमा खेलाईएको खेलमा बिजेता हुने समुहले नगत रु ५० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने छ भने उप बिजेता हुने समूहले नगत रु ३० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने छ।