शनिबार आयोजना गरिएको भेलाले नेपाल कम्युनिष्ट एकीकृत समाजबादी बैजनाथ गाउँपालिकाको अध्यक्षमा खड्का सिंह रजाली, सचिबमा राजु बि.सी सहसचिवमा सुनिल रसाइली चयन भएका छन् ।त्यस्तै आज नै नेकपा एस बैजनाथ गाउँपालिका कमिटीको पार्टी कार्यालय बैजानाथ ५ अरनिको बजार जि गाउँमा उद्घाटन गरिएको छ ।
नेकपा एकीकृत समाजबादी निकट समाजबादी प्रेस संगठन बाकेका अध्यक्ष लोकनाथ शर्माका अनुसार बैजनाथ ५ शिजनटोलमा एमाले छोडेर १८५ जना नेकपा एसमा प्रवेश गरेका छन् ।कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य दल बहादुर सुनार, नेकपा एकीकृत समाजबादी बाँकेका सचिव दिपक जिएम, युवा संघ नेपाल बाकेका सचिव सुनिल रसाइली लगायतको सहभागीता रहेको थियो ।