Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा गठबन्धन सहित चुनावमा जानेगरी बैठक सम्पन्न

बैजनाथमा गठबन्धन सहित चुनावमा जानेगरी बैठक सम्पन्न

बाँके जिल्लाको बैजनाथमा सत्ता घटक दलहरुको शनिबार बैजनाथ ५ जि गाउँ स्थित कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा बसेको बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन कसरी चुनावमा जाने भन्ने बारे छलफल सहित बैठक सम्पन्न भएको छ।
उक्त बैठकमा नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि,नेता केशव शाह र कपिल देब शर्मा त्यसैगरी नेकपा एकीकृत समाजवादीको तर्फबाट नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष खडक सिह रजाली,दान बहादुर थापा र दिपक जि एम नेकपा माओवादी केन्द्रको तर्फबाट नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदिप) तेजराज खड्का लगाएत पार्टीका नेता प्रतिनिधिहरुको उपस्थिति रहेको बैठकमा केन्द्रिय सर्कुलेशन निर्देशन अनुसार स्थानीय तहमा गठबन्धन गरेर आगामी निर्वाचनमा जाने सकारात्मक छलफल भएको छ गठबन्धन चुनावमस जान्छ कुनै शंका छैन तर पदिय जिम्मेवारी कस्ले कति पाउने बारे आगामी बैठकमा टुङ्गिने नेपाली काङ्ग्रेस बैजनाथका प्रवक्ता गणेश बस्नेतले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments