Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा टाईफाईड विरुद्धको खोप अभियान सुरु

बैजनाथमा टाईफाईड विरुद्धको खोप अभियान सुरु

बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षता स्वास्थ्य शाखाको आयोजनामा आइतबार “टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात”बैजनाथ गाउँपालिका स्तरीय सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त खोप कार्यक्रममा नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि नेकपा एमाले बैजनाथ सचीव प्रेम सुवेदी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरी बैजनाथ १ देखि ८ सम्मका वडा अध्यक्षहरु सुरक्षाकर्मी कर्मचारी लगाएत बिद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा सम्बन्धित बिद्यालयहरुमा स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मिहरु द्वारा खोप लगाईने स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहिले बताउनु भयो।

पार्टी प्रतिनिधिहरुले सकारात्मक कार्यको थालनी गरेकोमा शुभकामना ब्यक्त गर्नुभएको थियो।खोप लगाउन खोप कार्ड प्रदान गरिने छ भने २ सय बिद्यार्थि बराबर १ जना स्वास्थ्यकर्मिको ब्यवस्थापन गरिएको गरिएको छ भने गम्भीर खालको बिरामी बाहेक सबैलाई यो खोप अति लाभदायक छ यो खोप लगाएपछि रुघाखोकी ज्वरो मुख्यत टाईफाईड मुक्त बनाउन शुरूवात गरिएको छ।

१५ महिना देखि १५ बर्षसम्म बालबालिकाहरुलाई बैजनाथ १ नम्बरका कुल २४०२ जना बालबालिका वडा नम्बर २ का २८९४ जना बालबालिका
३ नम्बरका २४७४ जना ४ नम्बरका २८६५ जना५ नम्बरका ३८१७ जना ६ नम्बरका ३०४८ ७ नम्बरका ८०५ र ८ नम्बरका ३०८५ गरि कुल १९ हजार १ सय ६७ जना बैजनाथका बालबालिकाहरुलाई खोप लगाईने स्वास्थ्य शाखा उप प्रमुख लक्ष्मि रोकायले बताउनुभयो ।

अन्तमा सभा अध्यक्ष रुचालले सबैले सहयोग गरेर सकारात्मक कार्यको लागि आ-आफ्नो तर्फबाट सहयोग गरेर खोप कार्यक्रम सफल पार्न सबैलाई अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको जानकारी स्वास्थ्य शाखा प्रमुख शाहिले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments