धनगढी । नेकपा एमालेबाट निर्वाचित वेदकोट नगरपालिकाको मेयर अशोककुमार चन्द नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।
मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वडा नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नं १० का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका वडा नं १० का वडासदस्य डम्बर दत्त भट्टले जानकारी दिए ।
वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो। उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेको वेदकोट नगर कमिटी इन्चार्ज हुन् ।