Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एकीकृत बैजनाथ ६ को कार्यालय स्थापना संगै अध्यक्षमा :गिरी चयन

नेकपा एकीकृत बैजनाथ ६ को कार्यालय स्थापना संगै अध्यक्षमा :गिरी चयन

बाँकेको बैजनाथ गाउँपालिका ६ मा मंगलबार नेकपा एकीकृत समाजवादीको वडा कार्यालय स्थापना गर्नुका साथै हेम राज गिरीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनारको प्रमुख आतिथि नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जि एम नेकपा एस बैजनाथ अध्यक्ष खडग बहादुर रजाली मगर युवा संघ बैजनाथ अध्यक्ष दिपक कार्की लगाएतको उपस्थितिमा वडा कार्यालय स्थापना एवं वडा कमिटी पुर्ण गठन कार्यक्रम सप्पन्न भएको छ।

उक्त कार्यक्रम बाट वडा कमिटी हेम राज गिरी अध्यक्ष उपाध्यक्ष हिरामोती बि क सचीव भुपेन्द्र सुनार उप-सचीव अम्मर सिंह सुनार कोषाध्यक्ष निर्मला सुनार सहित ३५ सदस्यीय कमिटी पुनः गठन गरिएको छ।

नब गठित सम्पुर्ण पदाधिकारीलाई प्रमुख अतिथी सुनारले पार्टीको गोपनियताको सफत ग्रहण गराउनु भएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुनारले नेकपा एकीकृत समाजवादी समुद्र हो यहाँ बाट दुईचार बाल्टिन पानी निकाल्दैमा समुद्र रित्तो हुँदैन किनकि निरन्तर बग्ने नदि समुद्रमा मिसिन आउछन् । अब बाँकेमा समाजवादीको कुन स्थान हुन्छ आगामी स्थानीय निर्वाचनमा देखाउन सबै नेता कार्यकर्ताहरु चुनावी रणनीति सहित मैदानमा उत्रिन अनुरोध समेत गर्नुभयो ।
अन्तमा कार्यक्रमलाई समापन गर्दै अध्यक्ष गिरीले आफुले पार्टी निर्माण संगठन सुदृढीकरण र बिस्तारका लागि आगामी चुनावका लागि तयार भएर उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम समापन गर्नुभएको थियो भने कार्यक्रमलाई नेकपा एकीकृत बैजनाथ ६ नम्बर वडा सचीव भुपेन्द्र सुनारले संन्चालन गर्नुभएको युवा संघ बैजनाथका अध्यक्ष दिपक कार्कीले बताउनु दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments