Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनबराजले निहालेको गिजरा बस्ती

नबराजले निहालेको गिजरा बस्ती

बाँके जिल्लाको खजुरा गाउँपालिकामा पर्ने सिमलघारी गिजरा बस्तिमा हुर्के बडेका युवाहरुमध्ये नबराज बम अग्रपंक्तिमा आउछन् । उनिले गिजरा बस्तिलाई नजिक बाट निहालेका छन् गिजरा बस्तिमा बिगतमा विभिन्न राजनीतिक दलले आस्वासन दिएपनी पूरा हुन सकेको छैन । सधैं यो बस्तिको लालपुर्जाको बारेमा बोलेर भोट बैंकको रूपमा लिने गरिन्छ तर अब यहि बस्ती बाट नै नेतृत्व चयन नगरेसम्म स्थानीय गिजरा बस्तिको समस्याको सुनुवाइ तथा बिकाश नहुने भएकाले हाम्रो गाउँ हाम्रो नेता हाम्रो भोट हाम्रो बिकाश प्रयोग गर्नेतर्फ लम्किएको देख्न सकिन्छ।

बिगत केही समयदेखी राजनीतिलाई नाम र दाम कमाउने पेशाका रुपमा बनाइएको छ । हुन पनि राजनीतिक दलमा लागेर पदमा पुगेकाहरुले त्यस्तै काम गरेका पनि छन् । अहिले राजनीति पैँसा हुने ब्यापारी,दलाल र नेताको चाप्लुसि गर्नेहरुका लागि भएको छ।
झुठो बोल्ने, अरुलाई ठगेर लाभ लिने, शक्तिको बलमा काम लिने जस्ता क्रियाकलाप राजनीतिमा लागेकाहरुले गर्दै आएका छन् । त्यसैले त राजनीति नगर्नेहरुले यसलाई फोहरी खेल भन्दछन् । फोहरी खेल नगर्नेहरुको राजनीतिमा अगाडी बढ्न नसकेको प्रशस्त उदाहरण पनि देख्न सकिन्छ ।त्यसका पछिल्लो उदाहरण हुन खजुरा गाउँपालिका ६ शान्तिनगर का नवराज बम राजनीतिलाई विशुद्ध सेवाको रुपमा लिन्छन् । सादगी स्वभावका उनी जनताको सेवालाई आफ्नो कर्तब्य सम्झिन्छन् । उनी भन्छन्, ‘राजनीति समाजसेवा हो, राजनीतिमा फाइदा हेरिनु हुँदैन, निस्वार्थ भावले गर्ने सेवा नै राजनीति हो ।’
राजनीति रूपमा भएका बम कसैसँग कुनैप्रकारको फाइदा लिन पुगेनन् र अन्याय का विरुद्ध आवाज बुलन्द गर्ने एउटा युवा हुन उनि समस्या समाधान गर्नेमा अग्रपँक्तिमा आउँछन् ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा गिजरा बस्तीलाई स्थानीय तहका जनप्रतिनिधिहरुले आर्थिक प्रभावमा परि जग्गाको सिफारिस भुमाफियालाई दिने र जनतालाई उठिबास लगाउने पटक पटक प्रयास भएतापनि नवराज जस्तै अन्य युवाहरू मिलेर बस्तीलाई सुरक्षित गरेका छन् ।जनतासंग हरेक समय साथमै हुने र जनताका हरेक सुख-दु:खमा साथ दिएका कारण जनताविच निकै लोकपि्रय मान्छेलाई नै अबको जनप्रतिनिधि बनाउने योजनामा छन।
आगामी स्थानीय निर्वाचनमा पार्टीले विस्वास गरे जनताले पत्याउने बमको सोच भएको बुझ्न सकिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments