Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedनागरिकलाई उत्कृष्ट सेवा प्रदान गर्दै:नलगाड

नागरिकलाई उत्कृष्ट सेवा प्रदान गर्दै:नलगाड

जाजरकोट: नलगाड नगरपालिकाले शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकताका साथ लिएर स्थानीय जनताहरुलाई सेवा प्रदान गरीरहेको छ।

जाजरकोट जिल्लामा कुल ७ स्थानीय तहमध्ये उत्कृष्ट भएको नलगाड नगरपालिका २०७४ सालको स्थानीय
तहको निर्वाचन पछि । जिल्लामा सबैभन्दा पहिले आफ्नो स्थानीय स्तर बाट नागरिकहरुलाई सेवा प्रदान गर्ने स्थानीय तह हो । नलगाड नगरपालिका तत्कालीन नगर प्रमुख टेक बहादुर रावल भेरी नगरपालिकाको रिम्ना बाट पैदल दल्ली पुगेका नगर प्रमुख रावलले स्थानीय नागरिकलाई सेवा प्रदान गर्ने उदेश्यका साथ नगरपालिकामा जम्मा ५ जना कर्मचारी बाट प्रशासनिक सेवा दल्ली बाट शुरु गरेका रावलले पहिलो कार्याकालभित्र नगर पालिकाभित्रका अधिकाश वडामा सडक सन्जाल पुर्याउन सफल भए ।

कृषिमा एक वडा एक उत्पादन शिक्षामा एक वडा एक नमूना बिद्यालय घोषणा गरे । कृषि पकेट क्षेत्र घोषणा गरीएको थियो। २०७९ को स्थानीय निर्वाचनमा पुनः माओवादी केन्द्रका नेता डम्मर बहादुर रावत नगर प्रमुखमा निर्वाचन भए । सरीता सिंह उप-प्रमुखमा नेपाली काङ्ग्रेस बाट सयुक्त गठबन्धनमा नगरको चुनाव जितेका नेतृत्व अहिले नगर बिकास गर्न लागी परेको उप प्रमुख सिंह जानकारी दिनुभयो ।

नलगाड नगरपालिकाका नमूना कृषक रावत अब स्थानीय सरकार प्रमुख बनेका नगर प्रमुख बाट स्थानीय नागरिकहरुले अपेक्षा गर्नु स्वभाविक हो।नलगाड नगरपालिका लाई केन्द्रिय विद्युतको पहुँच विस्तार सडक बिस्तार कृषिमा आत्मनिर्भरसँगै अर्गानिक उत्पादनलाई जोड दिएको नगर प्रमुख रावत बताउनुहुन्छ।
नलगाड नगरपालिका जिल्लामा कुल ७ स्थानीय तहमध्ये उत्कृष्ट भएको छ। यसरी आगामी दिनहरुमा समेत उत्कृष्ट बनाउन स्थानीय सरकार स्थानीय समाजसेवी राजनैतिक दल बुद्धिजीबि शिक्षक लगायत स्थानीय नागरिक सबैको दायित्व उत्तिकै बराबर भएको सबैको सहयोग आवश्यक पर्ने नगर प्रमुख रावत बताउनुहुन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments