Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथका युवाहरू द्वारा ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग

बैजनाथका युवाहरू द्वारा ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग

बैजनाथ सम्बादाता बिहिवार २५ भाद्र बाँकेको बैजनाथ ६ निवासी बिरवान थापाको परिवारलाई बिहिवार राष्ट्रिय युवा संघ बैजनाथ का अध्यक्ष यज्ञ पुन,सदस्य बिरेन्द्र सुबेदी,प्रेम बिष्ट बैजनाथ उद्योग बाणिज्य संघ का सदस्य मधु रिजाल लगाएतका युवा समाजसेवीहरुको पहलमा बिरवान थापा र पार्बता थापाको परिवार लाई एक महिना बराबर को खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरीएको हो ।

उक्त थापा दम्पतीले बिगतका दिनहरुमा दैनिक ज्यालादारी गरेर परिवारको गुजरा चलाईरहेका थिय तर लामो समय देखी कोरोना महामारी का कारण कुनै किसिमको काम छैन जग्गा पनि छैन घर बास मात्र छ ।कतै काम पाए त गर्न हुन्थो तर अब दैनिक ज्यालादारी गर्ने काम नै नभएपछि बिहान बेलुका छाक टार्न गाह्रो भएको छ भन्छिन पार्बता थापा उनीहरुको परिवारमा १ छोरा २ छोरी सहित ५ परिवार सदस्य रहेका छन् ।यसरि घरमै पुगेर खाद्यान्न सहयोग गरेकोमा युवाहरूलाई थापा दम्पतीले धन्यवाद व्यक्त गरेका छन् उक्त खाद्यान्न युवाहरूको पहलमा सुबेदी सप्लायर्स बैजनाथ ५ ले सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल बैजनाथ का अध्यक्ष पुनले जानकारी दिए। थापा परिवार साबिकको सुवानाउली हाल छेडागाड नगरपालिका १ देखी बैजनाथ ६ आएको दुई बर्ष भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments