पर्सा भदौ २५ गते
पर्सा जिल्लाको जिराभवानी गाउँ पालिका ३ मा एक जाना को पोखरी मा डुवेर मृत्यु भएको छ ।
पर्सा जिल्लाको जिराभवानी गाउपालिका वडा नं ३ मा रहेको किरतनिया पोखरीमा यूवकको मृत्यु भएका हो । मृत्यु हुनेमा र्जिराभवानी गाउपालिका वडा नं ३ नौकाटोला निवासी गौरीशंकर देवान रहेका छन।
स्थानीय का अनुसार देवान को मानसिक संतुलन ठिक थिएन । मृतक गौरी शंकर देवानको कपडा भन्ने पोखरीको डिलमा रहेको देखिएको छ ।देवानको नाक र मुखबाट रगत जमेकाले मृत्यु शंकास्पद रहेको स्थानीयको भनाई रहेका छन।
आज दिउसो करिब १२:३० बते बच्चाहरू पोखरीको डिलमा बाख्रा चराइरहेको बेला पानीमा शव तैरिरहेको देखेर गाउमा जानकारी दिए पछि गाउँले हरू घटना स्थलमा पुगेका थिए ।