Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedप्रेस सेन्टर जाजरकोटको चौथो अधिबेशन बाट अध्यक्षमा:शाही निर्वाचित

प्रेस सेन्टर जाजरकोटको चौथो अधिबेशन बाट अध्यक्षमा:शाही निर्वाचित

जाजरकोट जिल्लाको नगरपालिका दल्ली स्थित नगर सभाहलमा  प्रेस सेन्टर नेपाल जाजरकोट जिल्ला संयोजक हेमन्त केसि को अध्यक्षता र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कर्णाली प्रदेश ईन्चार्ज पुर्बमन्त्री संघीय सांसद माननीय शक्ति बहादुर बस्नेतको प्रमुख आतित्थमा “संसारका श्रमजीवी पत्रकार एक हौं” भन्ने मुल नाराका साथ प्रेस सेन्टर नेपाल जिल्ला शाखा जाजरकोटको चौथी जिल्ला अधिबेशन सप्पन्न भएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय माया प्रशाद शर्मा कर्णाली प्रदेश सभा सदस्य गनेश प्रशाद सिंह नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचीव रामदिप आचार्य जाजरकोट जिल्ला समन्वय समिती प्रमुख मन बहादुर रावल नलगाड नगरपालिका नगरप्रमुख टेक बहादुर रावल पत्रकार महासंग नेपाल का केन्द्रिय सदस्य दिपेन्द्र शर्मा प्रेस सेन्टर नेपालका केन्द्रिय महाधिवेशन आयोजक समिती सचिबालय सदस्य एवं सस्थापक सदस्य गोबीन्द रोका(सचिन) केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज धुर्व बुढाथोकी नेपाल पत्रकार महासंघ जाजरकोट जिल्ला उपाध्यक्ष सहदेब बस्नेत नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र बिक्रम शाह लगाएत प्रेस सेन्टर जाजरकोटका सदस्य एवं प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम चौथो जिल्ला अधिबेशन बाट प्रेस सेन्टर जाजरकोट अध्यक्षमा लोकेन्द्र बिक्रम शाही उपाध्यक्ष सन्देश आचार्य,कोषाध्यक्ष रमेश पौडेल सचीव कालीबहादुर नेपालि लगाएत २१ सदस्यीय जिल्ला समिति सर्बसहमत निर्वाचित भएको छ।

नब निर्वाचित अध्यक्ष शाहीले आगामी दिनहरुमा प्रेस सेन्टर लाई गतिशिल र उर्जाशिल बनाउन क्रीयाशिल प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई तालिमको ब्यवस्थापन सहित पत्रकारितामा निखारता ल्याउन र नयाँ सदस्यहरुलाई संगठनमा आवद्ध बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ। अध्यक्ष शाहीले बिस २०५५ सालदेखि नेकपा माओवादी केन्द्रको भित्ते लेखन पत्रकारिता बाट शुरु गरेर जनादेश साप्ताहिक रेडियो जनआवाज लाल आवाज साप्ताहिकको सह सम्पादक बैजनाथ राष्ट्रिय दैनिकको प्रधान सम्पादक र जनादेश सन्चार केन्द्र नेपालको अध्यक्ष समेत हुनुहुन्छ । नबनिर्बाचित पदाधिकारी लगाएत सम्पुर्ण सदस्यहरुलाई नेकपा माओवादी केन्द्र जाजरकोटका अध्यक्ष ढकवीर रानाले फुलमाला अबिर लगाएर बधाई तथा शुभकामना साथै  नलगाड घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर कार्यक्रम सम्पन्न भएको अध्यक्ष शाहीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments