बाँके जिल्लाको कोहलपुर स्थित ईलाका प्रहरी कार्यालय कोहलपुरले सडक दुर्घटना भै जिउधनको क्षति भैरहेको बिषयलाई दृस्टीगत गरि,स्थानीयहरुसग सहकार्य गरि दुर्घटना न्यूनीकरण तथा पैदल यात्री सुरक्षा कार्यक्रम लागू गरेको छ।
उक्त कार्यक्रममा बाके जिल्लाको राप्तिसोनारी गाउपालिका वडा न.8 स्थित सम्शेरगन्ज बजारमा दुर्घटना न्यूनीकरण, तथा बिशेश गरि पैदललयात्री लाई के कुन उपाए गरि सुरक्षित हिडाउन सकिन्छ भन्ने बारे ,एक बृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ । स्थानीय जनप्रतिनिधी , ब्यापारि, बुद्विजिबी तथा आम सडक प्रयोग कर्ताहरुको सहभागीतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा बक्ताहरुले , पैदल मार्ग नभएकोले यात्रीले सडकमा नै मुख्य सडकमा पैदल यात्रा गर्नुपर्ने र राजमार्ग भएको कारण , सवारीको गति समेत तिब्र हुने हुँदा दुर्घटनामा ठुलो क्षती हुने गरेको स्थानीयहरुले गुनासो व्यक्त गरेका छन् । राजमार्गको अन्य जोखिम स्थानहरूमा समेत यस्तो कार्यक्रम लागू गरिने इ प्र का कोहलपुरले जनाएको छ। सम्शेरगन्ज क्षेत्रलाई केन्दृत गरि गठन भएको यश ७ सदस्यीय समितिले कारण पहिचान, श्रोत ब्यबस्थापन , तथा आवश्यक चिजबस्तुको निर्माण समेतको काम गर्नुका साथ साथै पैदल यात्रीले सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानिहरुको बारेमा आम सर्बसाधरण हरुमा सचेतना सन्चालन समेत गर्ने छ। समितिमा इ प्र का कोहल्पुरका प्रहरी निरीक्षक श्री होम प्रकाश चौधरी अध्यक्ष रहेका छन भने स्थानिय स्तरको प्रहरी युनिट को प्रमुख सदस्य सचिव रहने गरि यो समिती गठन गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।