बाँके जिल्लाको नेपालगन्जमा मंगलबार जिल्ला समन्वय समिति बाँकेको हलमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा र प्रमुख अतिथी पुर्बमन्त्री संबिधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य लुम्बिनी प्रदेश सह-ईन्चार्ज दल बहादुर सुनारको आतिथ्यमा नेकपा एकीकृत समाजवादी बाँके जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ।
उक्त कार्यक्रम बाट उपाध्यक्ष सम्सुद्दिन सिद्दिकी र भद्र प्रसाद देवकोटा सचीव युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जि.एम युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा उप-सचीव लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी भगवती अधिकारी
उप-सचीव कप्तान पाठक लगाएत ३०३ सदस्यीय जिल्ला कमिटी गठन गरे पश्चात सफत ग्रहण गर्नुका साथै दोश्रो पुर्ण बैठक समेत सम्पन्न भएको छ।
प्रमुख अतिथी दल बहादुर सुनारले पदाधिकारीहरुको नाम बाचन गरे लगतै अब एकजना जिल्ला कमिटीको सदस्यले स्थानीय तह नगरपालिका गाउँपालिका वडा र टाेलमा सदस्य वृद्धि गर्दै बाँके जिल्लालाई समाजवादीमय बनाउन कसैले रोक्न नसक्ने बताउनुका साथै आगामी दिनमा पार्टीका ३० जनबर्गिय संगठन बिस्तार गरेर पार्टीलाई एक नम्बर बनाउन सबै सदस्यहरु लाग्न अनुरोध गर्दै नव निर्वाचित जिल्ला कमिटीलाई शुभकामना व्यक्त गरेका थिए।
बाँके जिल्ला कमिमा नयाँ युवाहरुको सहभागी रहेको जिल्ला सचीव जि एमले पुरानो अनुभव र नयाँ जोसलाई एकैसाथ परिचालन गर्ने योजनामा एकीकृत समाजवादी भएको बताए । आगामी आफ्नो कार्यक्रम सफल बनाउन आफ्नो सम्पुर्ण अनुभव र युवाहरुको नयाँ जोस लगाएर पार्टीलाई सुदृढ र संगठन बिस्तार गरेर अगाडि बढ्ने अध्यक्ष थापाले प्रतिबद्धता जाहेर गरेको सचिव जि एम ले जानकारी दिए ।