बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ स्थित कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा बिहिवार दलित महिला संगठन नेपालको आयोजनामा जातीय छुवाछूत र भेदभाव सम्बन्धि दलित अगुवा समाजसेवीहरुको बिच प्रमुख अतिथी पुर्बमन्त्री एवं संबिधान सभा सदस्य दल बहादुर सुनारको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा दलित महिला संगठन नेपालका अध्यक्ष सरु सुनार उपाध्यक्ष लिला सुनार लुम्बिनी प्रदेश संयोजक हिरा सुनार स्थानीय समाजसेवी कमानसिंह सुनार, पानसरा सुनार,धन बहादुर सुनार,रेशम सुनार राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके जिल्ला सचीव कबिन्द्र परियार लगाएत दलित अगुवा नेता कार्यकर्ता तथा दलित महिलाहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको छ। प्रमुख अतिथि सुनारले दलित आन्दोलन अधिकार प्राप्तिका लागि अपरिहार्य भएको र अब कुनै पनि पार्टी दल अलग नभनेर सम्पुर्ण दलित अधिकारकर्मी समग्र दलित समुदाय एकजुट हुन आवश्यक भएको बताए।कार्यक्रमलाई समापन गर्दै दलित महिला संगठनका अध्यक्ष सरु सुनारले दलित समुदाय भोट बैकको रूपमा प्रयोग नभएर नीति तथा कार्यक्रम निर्माण गर्ने ठाँउमा पुग्नुपर्नेमा जोड दिदै दलित भएको कारण विभिन्न बहानामा ज्यान गुमाउनु पर्ने प्रवृत्ति बारे एउटा परिवर्तनको लडाइँ लड्न अझै बाँकी भएको भन्दै कार्यक्रम समापन गरेका थिए भने डम्बर विश्वकर्माले कार्यक्रम सन्चालन गरेको जानकारी उपाध्यक्ष लिला सुनारले दिए।