नेम्वाङकै क्षेत्रबाट एमाले परित्याग गरी युवाहरु एकीकृत समाजवादीमा प्रवेश गर्न थालेपछि उनी चिन्तित बनेका छन् । एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्न थालेपछि नेम्वाङले रोक्न सकेका छैनन् । एकीकृत समाजवादी प्रवेश गर्ने नेताहरुले नेम्वाङलाई समेत एमाले परित्याग गर्न दवाव दिन थालेपछि उनलाई चिन्ता र चासो बढेको छ ।
एक महिला यता एमालेको किल्ला मानिने र सुवासको निर्वाचन क्षेत्रबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीका अध्यक्ष भक्त केसीले बताए । एकीकृत समाजवादीका अध्यक्ष केसीले माङ्सेबुङ गाउपालिका पार्टी गठन भईसकेको बताए ।
जिल्ला अध्यक्ष केसी, युवा संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प डुङ्गाना, डम्बर गदालको विशेष उपस्थितिमा कमिटीहरु गठन भईरहेको हेमराज लिम्बुले बताए ।
यसैगरी सुनिल राईको अध्यक्षतामा ४९ सदस्यीय युवाको नगर कमिटी गठन गरिएको छ । युवाको सचिव तेजेन्द्र राउत रहेका छन् । याम राईको नेतृत्वमा ९९ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन भएको पार्टीका जिल्ला सचिव हरि बालाले बताए ।