Wednesday, May 14, 2025
spot_imgspot_img
HomeUncategorizedबाँकेमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार

बाँकेमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार

नेपालगन्ज : नेकपा एकीकृत समाजवादी बाँकेले आफ्नो संगठन विस्तार तिव्र पारेको छ। संगठन विस्तारकै क्रममा आजै मात्रै ३ वटा वाड कमिटी गठन गरेको छ ।

नेपालगन्ज ११ मा इबरार खानकाे अध्यक्षता १५ सदस्यीय कमिटी गठन गरेको छ। साेहि कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५५ जना एकीकृत समाजबादीमा प्रवेश समेत गरेका थिए।

नवप्रवेशिलाई पाेलिटव्युराे सदस्य दल बहादुर सुनारले टिकालगाई सदस्यता दिदै स्वागत गरेका थिए।सोमबार नै राप्ती साेनारि गाउँपालिका वाड नं ७ मा गणेश कुमार वुढाथाेकिको अध्यक्षतामा २९ सदस्यीय वाड कमिटी गठन भएको छ। जिल्ला कमिटी सदस्य राजकुमार वुढाकाे अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा वाँके सहइन्चाज अव्दुल हुसेन खाँले पार्टी पुनर्निर्माणका वारेमा आफ्ना धारणा राखेका थिए।

त्यस्तै आजनै खजुरा गाउँ पालिका ७ नम्बरमा पनि वाड कमिटी गठन गरिएको छ। रिजवान खाकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ।

साे कार्यक्रममा एकीकृत समाजबादी बाँकेका जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा जिल्ला उपाध्यक्ष भद्र देवकोटा, परदेश सदस्य लालबहादुर खत्री लगाएतका नेताहरूकाे उपस्थित रहेको थियो । मंसिरसम्ममा सवै नगर ,पालिका,वाड टाेलमा संगठन निर्माण गरिसक्ने गरि अगाडी वढेकाे समाजादि बाँकेका सचिव दिपक जिएमले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments