Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकोहलपुर टुडेको उद्घाटनमा:मन्त्री अथक द्वारा समग्र बाँकेको बिकास गर्ने प्रतिबद्धता

कोहलपुर टुडेको उद्घाटनमा:मन्त्री अथक द्वारा समग्र बाँकेको बिकास गर्ने प्रतिबद्धता

कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—११ गोलपार्क स्थित कोहलपुर टुडे अनलाइन पत्रिकाको नेपाल सरकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’द्धारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित कोहलपुर टुडे अनलाइन पत्रिकाको मन्त्री अथकद्धारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटनको क्रममा बोल्दै मन्त्री अथकले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढङ्गबाट समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभएको थियो । देशमा मौलाएका विकृति र विसंगतीको निराकण गर्दै सम्भ्य समाजको निर्माणको लागि मिडियाको आवश्यकता रहेको उहाँको भनाई थियो । अहिलेको युवाले नयाँ मिडिया सञ्चालन गर्नु निकै श्रहनीय काम हो उहाँले भन्नुभयो मिडिया क्षेत्रमा नै लामो काम गरी नयाँ मिडियाको स्थापना गरी दिर्घकालीन रुपमा सञ्चालन गर्नका लागि आवश्वक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यस्तै कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले बाँके जिल्लाका आठवटै स्थानीय स्तरका विभिन्न गतिविधिलाई बढि प्राथामिकता दिने बताउनुभयो । समाजमा रहेका भष्टाचार, आतंक, बलत्कार, घुसखोरीको न्यूनिकरणको गरी सुशासन कायम ल्याउनका लागि पूर्ण रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यो अनलाइन पैसामुखी नभई स्थानीय लेखकहरुलाई प्रोत्साहन सहित राष्ट्रिय लेखकहरुलाई सम्मान समेत गरिने
बताउनुभयो । यस अनलाइनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक विकास, लगायतका कुराहरुमा बढि प्राथामिकता दिने कोहलपुर मिडिया हाउस प्रा.लि.का अध्यक्ष तथा कोहलपुर टुडेका प्रकाशक शाही बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनारले स्वागत मन्तव्य राख्दै पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । अहिले नेपालमा च्याउजस्तै गरी अनलाइनहरु स्थापना भएका छन् उहाँले भन्नुभयो तर कतिपय अनलाइन पत्रिकाहरु विश्वसनिय र प्रभावकारी छैनन् । त्यसकारणले कोहलपुर टुडेले सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेशन गरी विश्वसनिय र प्रभावकारी बनाउनुपर्नेमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
यस्तै कोहलपुर टुडेका सम्पादक एकराज शर्माले गास, बाँस र कपास, शिक्षा तथा स्वास्थ्य, सुरक्षा बुलुन्द आवाजको रुपमा काम गर्ने विश्वास व्यक्त गरे । पत्रकारीताको आचरसंहिता पूर्ण रुपमा कार्यन्वयन गर्दै विभिन्न घटनाहरुलाई अनुसन्धान गरी सत्य, तथ्य र निष्पक्ष रुपमा समाचारहरु संप्रेशन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments