बैजनाथ :नेकपा एकीकृत समाजबादी बाँकेले संगठन बिस्तारको क्रमलाई तिब्रता दिदै सबै स्थानिय तहमा पार्टीलाई बलियो रुपमा उभ्याउदै बाँके जिल्ला नेकपा एकीकृत समाजवादी प्रथम पार्टी बनाउन बृहत भेला एवं शक्ति प्रदर्शन मंगलबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ को उढरापुरमा बृहत वडा भेला गरि समाजबादीले खजुरामा मजबुत स्थितिमा रहेको संकेत दिएको छ।
सो भेलाबाट नेकपा एकीकृत समाजबादी वडा नम्बर ६ को अध्यक्षमा माेविन अहमद जाेलाह चयन समेत भएका छन् । साथै नेकपा एसको वडा नम्बर ६ ले ४१ सदस्यीय पार्टि कमिटि समेत गठन गरेको छ ।त्यस्तै प्रकाश परियारकाे अध्यक्षतामा २१ सदस्यीय अनेकिसंघ र तुलसी कुमारि बिककाे अध्यक्षतामा १७ सदस्यीय अनेमसंघ समेत गठन गरेको नेकपा एस बाकेका सचिव दिपक जिएमले बताएका छन् ।वडा नम्बर ६ खजुराको बृहत भेलालाई सम्बोधन गर्दै नेकपा एसका पोलिट ब्युरो सदस्य दल बहादुर सुनारले खजुरामा नेकपा एकीकृत समाजबादी पहिलो शक्तिको रुपमा उभिएको बताएका थिए ।
उनले भेलालाई सम्बोधन गर्दै भने, एकीकृत समाजबादी खजुरामा पहिलो शक्ति बन्यो , बन्यो अब यो लहरलाई कसैले रोक्न सक्दैन । भेलालाई नेकपा एसका नेतहरु लाल बहादुर खत्री,भद्र प्रसाद देवकोटा, हजुरा बम, जित बहादुर खत्री, मकबुल खा र गाेपाल सुनारले एमाले संग बिद्रोह गर्नु र एकिकृत समाजबादी गठन गर्नु मन्तव्य राखेका थिए ।