नेपालगन्ज/बाँके जिल्लाको डुडुवा गाउँपालिका २ झोरा सामुदायिक बन उपभोक्ता समिति जफरपुरवा बाट चोरी निकासी गरी शुक्रबार नेपाल प्रहरी शसत्र प्रहरी सहित जिल्ला बन डिविजन कार्यालयकाको नेतृत्वमा गएको टाेलिले गोप्य सूचनाको आधारमा सालको गोलिया बरामद गरेको हो।
उक्त सालको गोलिया ३१.५ क्युफिट सालको गोलिया डुडुवा गाऊपालिका वडा नं. २ निवासी कमाल खाँको घर बाट उक्त काठ वरामद गरिएको जिल्ला बन डिविजन कार्यालय बाँकेले जानकारी दिएको छ।
जसको बजार मुल्य अनुमानित करिब रु १ लाख रहेको समेत जिल्ला बन ले जानकारी दिएको छ।