Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबाँकेमा तिब्रगतिमा कमिटी निर्माण गर्दै एकीकृत समाजवादी

बाँकेमा तिब्रगतिमा कमिटी निर्माण गर्दै एकीकृत समाजवादी

नेपालगन्ज /नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी (एस) बाँकेले स्थानीय तहमा कमिटी गठनको कार्यलाई तीब्र पारेसंगै खजुरा २ मा आज बृहत भेलाको आयोजना गरेको छ ।

वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एसका पोलिटब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका छन् । “नेकपा एस नयाँ पार्टीको रुपमा कसैले नसोच्नुस यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनले खार्दै तयार गरेको र कम्युनिष्ट आन्दोलनले ल्याएको उपलब्धि रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने एक मात्र पार्टी हो,” सुनारले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि समेत रहेका नेकपा एस बाँकेका जिल्ला कमिटी सदस्य नन्दलाल गुर्तालले वडा नम्बर २ समाजबादीमय भएको जिकिर गरेका छन् । गुर्तालले नेकपा एकीकृत समाजबादी पार्टीलाई खजुरामा एक नम्बर पार्टी बन्नमा कसैले रोक्न नसक्ने समेत जिकिर गरे ।

भेलाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी खजुरा २ को अध्यक्षमा खड्ग बहादुर मल्लको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बलु बिक, सचिवमा प्रेम बहादुर थापा, सहसचिवमा रितिका सिंह ठकुरी, उषा उप्रेती र कर्ण बहादुर रावल चयन भएका छन् ।

त्यस्तै भेलाले बिमला गोतामेको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ वडा कमिटी तथा स्वतन्त्र ददेलको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरेको छ ।

खड्ग बहादुर मल्लको अध्यक्षतामा सम्पन्न बृहत् भेलामा नेकपा एस बाँकेका उपाध्यक्ष भद्र प्रसाद देवकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, जिल्ला सचिवालय सदस्य अर्जुन उप्रेती, नेकपा एस बाँकेका नेता ऋषि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै आज नै कोहलपुर २ मा वडा भेला गरी प्रताप सिंह ठकुरीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सिंहवहादुर मल्ल र टुकादेवी थापा, सचिवमा दुर्गा सुनार तथा सहसचिव यामकुमारी शर्मा रहेको नेकपा एकीकृत समाजवादी बाँकेका सचीव दिपक जि एम ले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments