बैजनाथ/बाँके जिल्लाको बैजनाथ गाउँपालिका अनेरास्ववियु कमिटी को तेस्रो बैठक अनेरास्ववियु बैजनाथका अध्यक्ष कृष्ण चन्दको अध्यक्षता र अनेरास्ववियु केन्द्रिय कमिटी सचिब सुर्य रोकाय को प्रमुख आतिथ्यमा अनेरास्ववियु बैजनाथ कमिटीले पूर्णता पाएको छ। बरिस्ठ उपाध्यक्ष :गणेश कठायत उपाध्यक्ष : निराजन बुढा सचिब : पुस्कर शाही मनोनीत भएका छन्।
उक्त कार्यक्रममा अनेरास्ववियु राष्ट्रिय परिषद प्रतिनिधि सदस्य बिरेन्द्र सुवेदी अनेरास्ववियु राष्ट्रिय परिषद प्रतिनिधि सदस्य एवं बैजनाथ ईन्चार्ज लाल बहादुर सुनार लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै रोकायले अध्ययनशिल भएर पढाईमा अब्बल भए मात्र संगठनमा आवद्ध भएको औचित्य पुष्ठि हुने छ। बिद्यार्थि सबै सम्मान हुन अरुको अधिकारको बारे अनेरास्ववियुले सधै आवाज बुलन्द गर्नुपर्छ।बाँके जिल्लाको हकमा बैजनाथ अनेरास्ववियु एक नम्बर भएर अब्बल भएको संगठनमा नयाँ जिम्मेवारी पाउने भाइ बहिनिहरुले नयाँ उचाईमा पुर्याउन प्रण गर्नुहोस् सम्पुर्ण अनेरास्ववियु र नेकपा एमाले सबैको साथमा रहने बताए।
शनिबार अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटीको तेस्रो पुर्ण बैठक बाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्राप्त वरिष्ठ उपाध्यक्षमा कठायतले आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्ने र बैजनाथमा संगठन सुदृढ गरेर अनेरास्ववियुलाई मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको अनेरास्ववियु बाँके जिल्ला स सचीव बिकास बिक्रम के सि ले जानकारी दिए।