बाँके जिल्लाको कोहलपुर स्थित शनिबार नेपाल अटो मेकानिक्स ट्रेड युनियन कोहलपुर नगर कमिटीको दोस्रो नगर अधिबेशन बाट अध्यक्ष विकास बुढाथोकी सर्बसहमत निर्बाचित भएका छन् ।
उक्त दोश्रो अधिबेशन बाट उपाध्यक्षमा दिबेन सुवेदी (स्याङ्जाली) सचीव .मोहन विश्वकर्मा कोषाध्यक्ष सिताराम चौधरी लगायत ११ सदस्यीय नगर कमिटी गठन गरिएको छ भने सर्बसहमत चयन गरिएको नयाँ कमिटीले अटो मेकानिक्स ट्रेड युनियनमा आवद्ध श्रमिक मजदुरहरुको हकहितमा काम गर्ने र सिपमुलक तालिम प्रदान गर्ने सचीव विश्वकर्माले जानकारी दिए।