बैजनाथ/शनिबार २५ मंसिर
बाँके जिल्लाको बैजनाथ गाउँपालिका:-६,सम्झाना स्थित लगनशिल साना किसान कृषि सहकारी संस्था लि.को ९ औं साधारण सभा शनिबार संस्थाका अध्यक्ष रुपा बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतको प्रमुख आतिथ्य जानकी पुन अतिथी बैजनाथ ६ का वडा सदस्य पुतली हमाल लगाएत शेयर सदस्य साधारण सदस्य लगाएतको उपस्थितिमा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले स्थानीय सरकारले स्थानीय स्तरमा रहेका सहकारीहरुको साझेदारीमा सन्चालन गर्नेगरी कार्यक्रम बजेट ब्यवस्थापन गरेकाले लगनशिल साना किसान कृषि सहकारीले आफुले गर्ने कामको प्रास्तावना पेश गरे आवश्यकताका आधारमा सहकार्य समन्वय गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् ।
साधारण सभामा उपस्थित प्रमुख अतिथी अतिथी शेयर सदस्य साधारण सदस्य कर्मचारी सबैलाई सफलता पुर्बक कार्यक्रम सप्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद सहित उत्कृष्ट बचतकर्ता उत्कृष्ट सदस्यलाई सम्मान निरन्तर लिन संस्थालाई नयाँ उचाईमा पुर्याउन सबैको भूमिकाको आवश्यकता सहित कार्यक्रमलाई समापन गरेको कार्यक्रमका सन्चालक एवं ब्यवस्थापक निर्मला महतराले जानकारी दिए।