Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेपाली काङ्ग्रेसको सभापतिमा देउवा आउने सम्भावना

नेपाली काङ्ग्रेसको सभापतिमा देउवा आउने सम्भावना

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा अहिले सभापतिको मतगणना सकिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भएको सभापतिको निर्वाचनमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा अगाडी देखिए पनि अन्तिममा जितका लागि ८२ मत पुगेन । तर, अबको दोस्रो निर्वाचनमा भने देउवाले जित्ने सम्भावना भए पनि धेरैको ढुक्ढुकी बढेको छ ।

विभिन्न सञ्चार माध्यमहरुले १०÷१० मिनेटमै मतगणनाको अपडेट दिइरहँदा देउवा प्यानलले पहिलो चरणमा नै देउवाको जित हुने आसामा धेरै जना थिए । शेखर पक्षको दोस्रो चरणमा पनि मत परिणाम उल्टाउने स्थिति भने पनि दास्रो चरणमा निर्वाचन भए देउवाले नै जित्ने सम्भावना अत्यन्तै बढि देखिएको छ ।

कांग्रेसले आगामी निर्वाचनमा गाउँ देखि केन्द्रसम्म बहुमत ल्याएर एकल सरकार बनाउने सम्भावना देखिएकोले पनि मुख्य नेतृत्व अथवा सभापतिमा कस्ले जित्छ भनेर विश्वको ध्यान केन्द्रत भएको छ ।

पछिल्लो मत परिणाम अनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए । ३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए । पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाएका छन् । ७५ मत भने खेर गएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments