कोहलपुर २८ मंसिर
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरी स्थिति महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको १५ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडासद्स्य पुर्ण बहादुर वलीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडासदस्य वलीले महिलाहरु सक्रिय भएर भएर संचालन गरिएको सहाकारी गतिशील रहेको बताउदै सहकारीका शेयर सदस्यहरुले ऋण भन्दा बचतमा गर्नमा जोड दिनुपर्ने बताए। साथै उनले सहकारीलाइ आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । साधारणसभामा संस्थाकि व्यवस्थापक मोहन बस्नेतले आर्थिक वर्ष २०७७/०७८ को करिब ३ करोड २५ लाख २ हजार ३ सय ४४ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिइन । कार्यक्रममा उत्कृष्ट समुहको रूपमा वरपिपल महिला ,समुह वुचापुर,हरियाली महिला समूह पेरानी र स्वास्थानी महिला समूह ओभरीलाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै बाल बचत तर्फ गोमा खत्री ,प्राप्ती वली,ममता वली र संगम रसाइली लाई नगद सहित सम्मान गरिएको थियोे । त्यस्तै सहकारीबाट ॠण लिएर कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्ने नन्दकली खड्का र नजरा केसीलाई सम्मान गरिएको थियोे ।संस्थाकी अध्यक्ष तेज कुमारी वली अध्यक्षयतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक कोहलपुर शाखाका प्रतिनिधि प्रकाश कार्की राप्तीसोनारी गाउँ पालिका महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सम्झना दलामी ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लक्षीराम के सी प्रगतिशिल पशुपालन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिम बहादुर वली सानीमा लाइफ इरेन्सोरेन नेपालगन्ज शाखा प्रबन्धक मेगराज बिक संघर्ष महिला सामाजिक उद्दमी सहकारी संस्थाकि अध्यक्ष दुर्गा पौडेल लगायतको सहभागीता रहेको थियो ।