Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedविभिन्न वामपन्थी पार्टीसँग एकता हुन्छ:नेपाल

विभिन्न वामपन्थी पार्टीसँग एकता हुन्छ:नेपाल

११ पुस, दाङः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।

अहिले तत्काल ठुला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए। ‘तत्काल कुनै पनि ठुला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर, साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरूसँग एकता गर्न लागेको बताए। ‘स(साना कम्युनिष्ट पार्टीहरू हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौं।’

नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहेको पनि बताए। ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।’ रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments