Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकालोपत्रे र नाला निर्माण नहुँदा स्थानीयवासीलाई सास्ती

कालोपत्रे र नाला निर्माण नहुँदा स्थानीयवासीलाई सास्ती

हिरा पाण्डे
कोहलपुर १३ पुस

बाँकेको बैजनाथ ५ सङ्गम चोक देखि शिव मन्दिर सम्मको बाटा कालापत्रे तथा नाली निमार्ण नहुँदा स्थानीयवासीले सास्ती झेल्नु परेको छ । पहिलेको बनकटवा वडा न. ७ मा पर्ने यो बाटोको लागि सर्बसाधारणले पटक पटक गा.बि.स. कार्यालय धाएको र अहिले पनि पटक पटक गाउँपालिका लाई घच्घच्याइ रहेका छन ।
समाजसेवी तथा बुद्धिजीवी उमेश पाण्डेले बाटोको लागि थुप्रै चोटि थुप्रै समितिहरु पनि बन्यो । गा.बि.स ले पनि गाउँपालिकाले पनि खासै चासो नदेखाएको बरु स्थानीयहरु मिलेर बाटोको लागि कोदालो, बेल्चा आदि बोकेर थुप्रै चोटि खटिएको र २०६५ चैत्र मा बाटोको लागीनै खट्नु पर्दाको अनुभव सुनाए । कर्णाली सप एण्ड क्यामिकल को प्रोप्राइटर तुलबहादुर खत्रीको पनि बाटो कालोपत्रे नहुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन । स्थानीय ब्यवसायी खुमलाल चौधरीले पनि दसकौ देखि बाटो कालोपत्रे हुदैछ रे भन्नी सुने तर बाटो प्रति गाउँपालिकाले खासै चासो नराखेकोले अहिले सम्म थुप्रै कठिनाइ हरु झेलिरहनु परेको बताए ।

स्थानीय बासिन्दा हरिकृष्ण न्यौपानेका अनुसार ट्याक्टर, ट्रक, स्कुल बस, मोटरसाइकल, साइकल, अटोरिक्सा आदि सवारी साधनहरु वरिपरिका अन्य बाटोहरुमा भन्दा धेरै मात्रामा सङ्गम चोक देखि शिव मन्दिर सम्मकोबाटोमा गुड्छन । वाडाकार्यलय तथा गाउँपालिकालाई जतिसुकै घच्घचाएको भएपनी आज सम्म बाटो कालोपत्रे हुन सकेको छैन । आजसम्म गाउँपालिकाले चासो देखाएकै छैन । जतिसुकै खाल्डाखुल्डी हरु देख्दा पनि नदेखेझैँ गरिएको स्थानीयले गुनासो छ ।
रङ्गिला चोक देखि बनकटवा प्राथमिक अस्पतालमा जाने बाटोमा पनि नाली बनेको छ तर नाली माथी स्ल्याप नराखिएका कारण बजारमा निकै नै दुर्गन्ध फैलिएको छ । बजार सुधार समितिले वडा अध्यक्ष सामु गुनासो पोख्दा पनि माक्स लगाएर हिड्नुस न भन्ने सुझाब मात्रै दिइएको सम्बन्धित गाउँपालिकाले स्थानिय बासिन्दाहरुले डेलिकेसन सहित आउँदापनि बजेट हाल्न आनाकानी गरिएको गुनासो व्यक्त गरे ।
बैजनाथ गाउँपालिका योजना शाखा अधिकृत डोटि नेपालीले गत बर्ष प्रदेश सामाजिक बिकास मन्त्रालयद्वारा सङ्गमचोक देखि शिव मन्दिर सम्मको ७०० मिटर बाटोको स्तरोन्नतिको लागि ३०,लाख बजेट बिनियोजन गरिएको । जस्मा सङ्गमचोक देखि गाउँपालिका सम्मको बाटो कालोपत्रे र नाला निर्माण गर्ने १९लाख,१६हजार९ सय ७५ को सम्झौतामा नारायणी कन्स्ट्रक्सनले पायो । १४लाख,२६ हजार ,७ सय ६६ ले बाटो कालोपत्रे र नाला निर्माण कार्य सम्पन्न भएको छ ।
त्यो बाहेक बाँकी बाटोको पनि नारायणि कन्स्ट्रक्सनले नै जिम्मा पायो केही मात्र कालोपत्रे भएको छ भने नाली बन्दै बनेको छैन । १९,लाख ११हजार ७ सय ३ सम्झौता रकम थियो त्यसमा १०लाख ले केही सडक खण्ड कालोपत्रे भयो तर नाली भने तयार भएको छैन ।
स्थानिय बिनोद कुवरले हामी आ– आफ्नो काममा ब्यस्त हुन्छौ तर बाटोको चिन्ता भैहाल्छ । बाटो कालोपत्रे र नाला निर्माण समयमै भैदिएको भए सहज हुने थियो भने । साथै स्थानीय बिधालयमा अध्यनरत बिद्यार्थी सूचना रेग्मीले आफ्ना साथीहरूसङ्ग बाटोमा हिड्दा खेरिका बर्षौ देखी नै समस्या भोग्नु परेको बताइन । नाली राम्रो नहुनाले वर्षा याममा स्थानीयको घर भित्रै पानी पुगेर अफ्ठयारो पार्ने गरेको छ ।।वडा अध्यक्ष मनबहादुर खत्री चार बर्ष देखि वडा न. ५ को नेतृत्व सम्हालेका छन । उनको अनुसार आफुले जिम्मेवारी लिएदेखीनै सबै बिकासका कार्यहरू निरन्तर सफल हुँदै गइरहेका छ । २०७८ मंसिर ३ गते बसेको गाउँसभामा वडा न. ५ को वडाकार्यालय देखि बनकटवासम्म बाकी खण्ड बाटो कालोपत्रेकालागि रू २५ लाख बजेट छुट्टाइएको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments