खजुरा/ बाँके जिल्लाको खजुरा ४ स्थित संन्चालनमा रहेको खजुरा मिनि पार्क एन्ड रिसोर्टले माघी विशेष साँस्कृतिक तथा लाइभ कन्सर्ट कार्यक्रम गर्ने भएको छ। थारु समुदायले महान पर्वका रूपमा तराईका जिल्लाहरुमा विशेष रुपले मनाउने माघि पर्वलाइ लक्षित गर्दै बृहत सांस्कृतिक कार्यक्रम गरिने संचालन टेक बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै लाइभ कन्सर्ट समेत रहनेछ ।माघि पर्वको अवसरमा संचालित साँस्कृतिक कार्यक्रममा १०% खाना र पिय पदार्थमा छुट सहितको सेवा सम्पुर्ण ग्राहकहरुलाई प्रदान गरीने भएको छ।खजुरा स्थित संन्चालमा ल्याएको उक्त उद्यान लुम्बिनी र कर्णाली प्रदेशकै नमुना भएको सन्चालकको भनाई रहेको छ।
खजुरा मिनि पार्क बिगत दुई बर्ष देखि संन्चालनमा ल्याउनुका साथै स्थानीय उत्पादनलाई ग्राहयता दिंदै विभिन्न नयाँ नयाँ खानाका परिकारहरुको स्वादका साथ ग्राहकहरुको रोजाईमा पर्ने गरेको छ।
पार्कभित्रका आकर्षक विशेष गरी मायाको बारी पार्क, बाल उद्यान , बनभोजको लागी विशेष स्पेस , हेलिकप्टर क्याब,पानी जहाज क्याब , तथा एकान्त र शान्त वातावरणका कारण चर्चा कमाउन सफल उद्यान अन्य स्थान भन्दा फरक परिचय बनाउन सफल भएको संन्चालको भनाई रहेको छ।जहाँ हरियालि पार्क एकान्त सुन्दर र शान्त मनोरम वातावरणमा विभिन्न स्वादिष्ट परिकारका ब्यन्जनहरुको स्वादका साथै लोक सांस्कृतिक कार्यक्रम द्वारा स्थानीय स्वादका पारखी ग्राहकबर्गहरुलाई मनोरंजन दिने योजना रहेको सकिने संन्चालक श्रेष्ठले जानकारी दिनुभएको छ।