Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedरारा विजयी सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

रारा विजयी सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

कोहलपुर ३० पुस
रारा विजयी बहुउद्देश्यीय सहकारी संस्था लि कोहलपुर ११ बाँके र सेवा केन्द्र  बैजनाथ ६ सम्झना बाँकेको १३ औं वार्षिक साधारणसभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । कार्यक्रम बोल्दै नगर प्रमुख रावतले सहकारीले आफ्नो उद्देश्य अनुसारको काम गरेर शेयर सदस्यहरुको जिवन परिवर्तन हुने गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए। त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले रारा विजयी सहकारी संस्थाले बैजनाथको विकासमा टेवा पुर्‍याएको बताउदै सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा २०७८ असार मसान्त सम्मको करिब ४ करोड ८ लाख २४ हजार ३ सय ३९ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियोे ।

कार्यक्रम उत्कृष्ट बचतकर्ता, ॠणी लगायतलाई सम्मानपत्र र खादा सहित सम्मान गरिएको थियोे । कार्यक्रम कोहलपुर डेन्टल अस्पतालले निशुल्क दन्त परिक्षण गरेको थियोे भने संस्थाले उत्पादन गरेका सामाग्री पर्दर्शनी राखिएको थियोे । संस्थाकि अध्यक्ष बसन्ती सिह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का वडाध्यक्ष काली बहादुर सिँह, सहकारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष एकता शाह,जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँकेकि उपाध्यक्ष नारायणी घिमिरे ,नेपाली काँग्रेस कोहलपुर नगर सभापति विरेन्द्र शाह,ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रवीन्द्र खनाल ,राष्ट्रिय सहकारी बैक कोहलपुरकि निता थापा बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद विश्वकर्मा लगायतको सहभागीता रहेको थियोे भने पत्रकार कुशल दलामीले कार्यक्रमको संचालन गरेका थिए ।

संस्थाले शेयरसदस्य लगाएत कर्मचारीहरुको आयस्तर वृद्धि गर्न उत्पादन गरेको च्याउ बिक्रि गर्दै कर्मचारी ।रक्तदान जीवन दान भन्ने मुलनाराका साथ १३औं साधारण सभामा रक्तदान कार्यक्रम शुभारम्भ गर्दै कोहलपुर नगरपालिका नगर प्रमुख लूट बहादुर रावत

संस्थाले साधारण सभाको उपलक्ष्यमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल निशुल्क प्रेसर,सुगर चेकजाँच गराउदै।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments