Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedचन्द्रज्योति सानिमा कृषि सहकारीको १३औं साधारण सभा सम्पन्न

चन्द्रज्योति सानिमा कृषि सहकारीको १३औं साधारण सभा सम्पन्न

कोहलपुर /बाँकेको कोहलपुरमा रहेको चन्द्रज्योति सानिमा कृषि सहकारी संस्थाको १३ औ साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार संस्थाका उपाध्यक्ष र्दोन बहादुर शाहीले सभाको उद्घाटन गरेका थिए । यस्तै चन्द्रज्योति सानिमा कृषि सहकारी संस्थाको अध्यक्ष दिल कुमारी विकले आर्थिक वर्ष २०७७÷०७८ मा ५ करोड २९ लाख ६३ हजार २ सय ७२ रकम कारोबार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ‘कोरोना कारणले गर्दा सबै सहकारी संस्थामा रहेका सदस्यहरुलाई बोलाउन पाएनौं’ उहाँले भन्नुभयो्, त्यसको लागि क्षमाप्रार्थी छौं । संस्थाको कुल शेयर पुँजी ६० लाख ९१ हजार ३ सय रुपैया रहेको छ । यसको कार्यक्षेत्र बाँके जिल्ला भरी रहेको छ भने कुल सदस्य संख्या ६ सय ९८ जना रहेका छन् । संस्थाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष र्दोन बहादुर शाही, व्यवस्थापक खगिसरा खड्का, लेखा संयोजक सन्तोष वि.क., कोषाध्यक्ष टिकाराम वि.क. लगायत सम्पूर्ण ११ जना कर्मचारी र सेयर सदस्यहरुको समेत उपस्थित रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments