कोहलपुर १९ माघ/खेलाडी र चिकित्सक डोल्मा पहाडीको ४५ औं दिनको पुण्य तिथिमा आज एक कार्यक्रमका बिच प्रतिक्षालयको उद्घाटन गरिएको छ । भेरीगंगा ७ स्थित छिन्चु- काल्चे सडकको किनारमा निर्माण गरिएको डोल्मा पहाडी स्मृति प्रतिक्षालय उद्घाटन गरिएको हो। भेरीगंगा वडा नम्बर ७ का वडाअध्यक्ष कर्णबहादुर मिजारले बुधबार एक कार्यक्रमका बिच प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो । खेलाडी तथा चिकित्सक पहाडीको स्वर्गारोहण भएको ४५ औं दिनको तिथिमा उहाँकै निवास रहेको गाउँमा पक्की प्रतिक्षालय निर्माण गरिएको । प्रतिक्षालय उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी भुपेन्दकुमार रोकाय र वडाअध्यक्ष मिजारले पुण्यतिथिमा निर्मित प्रतिक्षालय उद्घाटन कार्य पुण्य र उदाहरणीय काम भएको बताउनुभयो ।
उक्त कार्यक्रममा स्वर्गीय पहाडीको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । यस्तै उहाँको तस्विरमा परिवार, आफन्त र सहभागीले श्रद्धाञ्जली व्यक्त गरेका थिए। खेलाडी तथा नर्सिङ्ग अधिकृत समेत रहनु भएकी पहाडीको गएको पुस ४ गते ३० बर्षको उमेरमा निधन भएको थियो । उद्घाटन कार्यक्रममा परिवारजनले प्रतिक्षालय निर्माणमा आर्थिक, नैतिक, प्राविधिक, जनश्रमदान सहयोग गर्ने बस्याल परिवार, आफन्त र ईष्टमित्रजनलाई धन्यवाद व्यक्त गरेका थिए।