Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedआन्तरिक हवाइ उडानको भाडा वृद्धि

आन्तरिक हवाइ उडानको भाडा वृद्धि

बाँके । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडा बढाएको छ ।

हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

यसपटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको छ ।

भाडादर वृद्धिभएसँगै काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ भने सबैभन्दा कम काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको संघले जनाएको छ ।

यस्तै काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले भाडादर वृद्धि भएको छ ।

हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले ३५ वटा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फनै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिँदै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments