कुशल दलमी कर्णाली प्रदेश
जाजरकोट जिल्लाको नलगाड नगरपालिका ४ र ५ नम्बर वडामा पर्ने खान्टाकुरा जिल्ला सदरमुकाम बाट पर्यटकिय स्थल रिम्ना हुँदै नलगाड नगरपालिका प्रशासनिक केन्द्र दल्ली करिब २५ किलोमीटर दुरिमा छ भने दल्ली कालिमाटी बाट करिब ५ किलोमीटरको दुरिमा अवस्थित खान्टाकुरा जानेक्रममा स्थानीय गाउँ पिपलचौर रगुनाथ नमुना बस्ती हुँदै चारैतिर बाट सुन्दर पहाडहरुले घेरीएको उच्च पहाडी फेदमा रहेको सहिद पार्क खान्टाकुरा अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
शनिबार नलगाड नगर प्रमुख टेक बहादुर रावल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य ईन्द्र प्रशाद शर्मा राममाया हमाल पर्यटन पत्रकार संगठन नेपाल का केन्द्रिय सचीव दिप बहादुर घर्ती मगर जनादेश संन्चार केन्द्र नेपालका अध्यक्ष लोकेन्द्र बिक्रम शाही नलगाड नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह लगाएत विभिन्न संघ संस्थाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।
खान्टाकुरालाई स्वदेशी एवं बिदेशी पर्यटकको रोजाइमा पार्न स्थानीय सरकारले सहिद पार्क धार्मिक मठ मन्दिर लगाएत पिकनिक (स्पट)स्पोर्ट निर्माण कार्य थालनी गरेर पर्यटकहरुका लागि होम स्टे निर्माण गरिने बताउनुभयो ।पर्यटन पत्रकार नेपालका सचीव घर्तीले जाजरकोटको खान्टाकुरा नलगाड हाइड्रोपावर जलविद्युत परियोजना निर्माण संगै ठुलो जलासय हुने र जसमा स्वदेशी एवं बिदेशी पर्यटकहरु आएर प्रकृतीसंग रमाउन सकिने बताउनुभयो साथै पर्यटकको सहजताको लागि सडक बिस्तार भएर चालू अवस्थामा भएको कारण अब स्थानीय सरकारले पर्यटन प्रबर्द्धन गर्न होटेल तथा स्थानीय परिकारको स्वाद पस्कने होमस्टे छिटोभन्दा छिटो संचालनमा ल्याए अझै धेरै पर्यटक भित्र्याउन सके स्थानीय नागरिकहरुको आय स्तरमा वृद्धि गर्न सकिने बताउनुभयो ।जाजरकोटको पुर्ब भेगमा पर्ने बिशेषगरी खान्टाकुराको पुर्बी क्षेत्रमा भेगुने पहाड पश्चिम मुल्यालथला फुलचावली पहाड उत्तरमा चाखुरे पहाड र दक्षिणमा नहकुली पहाडले घेरिएको जहाँ बाट सल्यान पश्चिम रुकुम लगाएत बारेकोटका विभिन्न स्थानहरुको अवलोकन गर्न प्राकृतिक सौन्दर्यले भरिपुर्ण मनोरंजन लिन एकान्त सुन्दर र शान्त वातावरणमा रमाउन खान्टाकुरालाई पर्यटकको रोजाइमा पार्न पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध भएको नगर प्रमुख रावलले जानकारी दिनुभयो।
यसरी पुग्न सकिन्छ पर्यटकिय स्थल खान्टाकुरा बस अथवा जीव मिनि बस अथवा आफ्नै निजि सवारी साधन एवं बाइकमा नेपालगन्ज बाट बबई -छिन्चु -मेहलकुना-सल्लीबजार -जामुने -छेडागाड हुँदै जाजरकोट खलंगा- रिम्ना- छेप्का -कालिमाटी हुँदै पर्यटकिय स्थल खान्टाकुराको यात्रा तय गर्न सकिन्छ।
सुर्खेत मेहलकुना देखि कालिमाटी सम्म मनै लोभ्याउने प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण भेरी नदिको किनाराको चिसो चिसो हावाको साथ आरामदायी यात्रा कालिमाटी सम्म पुग्न सकिन्छ।जाजरकोट जिल्लाको पुर्बी पौराणिक स्थानीय बजार कालिमाटी पुग्न सकिन्छ।
बेलुका कालिमाटी बजार स्थित स्थानीय होटेलहरुमा स्थानीय परिकार द्वारा पाहुना स्वागत संत्कार गर्ने चलन छ। जहाँ स्थानीय नलगाड नदिका लोकल माछा स्थानीय भेडा च्याङ्राको माशुको परिकारका साथै अर्गानिक मकै र कोदोको रोटी सिस्नु यहाँका स्थानीय बिशेष परिकार हुन् ।यति मात्र हैन यहाँ बाट फर्कदा स्थानीय उत्पादन अदुवा बेसार लसुन का साथै चिउरी डाडागाउँ लहको मह लगाएतका खाद्य बस्तु बिशेष चिनारी नासोको रूपमा लिन सकिन्छ।