जाजरकोट जिल्ला नलगाड नगरपालिकाको आयोजना तथा नगर प्रमुख टेक बहादुर रावलको अध्यक्षतामा सोमबार प्रमुख प्रशासकीय अधिकृतको रूपमा मान बहादुर गिरीको स्वागत एवं नगरपालिका स्थापनाकालदेखि कार्यलय प्रमुखको रूपमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह को बिदाई गरिएको छ।भने गिरी कुशे गाउँपालिका जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत उप सचीवमा बढुवा भएर सरुवा भई आउनुभएको छ भने सिंह कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तरगत प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतमा सरुवा भएर जानुभएको छ।
उक्त कार्यक्रममा नगर उप प्रमुख बाल कुमारी बस्नेत नगरकार्यपालिका सदस्य नगरपालिका वडा नम्बर १ देखि १३ सम्मका वडा अध्यक्षहरु नेपाली काङ्ग्रेस प्रतिनिधि लक्ष्मण सिंह नेकपा एमाले प्रतिनिधि बिष्नु बि क नेकपा माओवादी केन्द्र प्रतिनिधि गनेश सिंह विषयगत शाखा प्रमुख कर्मचारी जनप्रतिनिधि लगाएत नगरबासि स्थानीय नागरिकहरुको उपस्थितिमा नगरपालिकाको सभा हलमा बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको हो।
बिगत ५ बर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कुशलता पुर्बक बहन गर्दै आउनुभएको सुरेन्द्र सिंह त्यसैगरी प्रशासन छैटौं अधिकृत यज्ञ खत्री,सब- इन्जिनियर नवचन्द्र ओलीको सरुवा भएको छ भने सब-ईन्जिनियर मोहन खड्का अनिवार्य अवकाश हुनुभएको छ।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सोमबार नै मानबहादुर गिरीको आगमन हुनुका साथै पदस्थापना गरिएको छ।
नयाँ जिम्मेवारी प्राप्त गरेर आउनुभएको प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाले शुरु गरेका कामहरुको निरन्तरता दिनुका साथै नगर प्रमुखको सल्लाह र निर्देशन अनुसार आफ्नो दक्षताले भ्याएसम्म कार्यकुशलता पुर्बक सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। विभिन्न पार्टी प्रतिनिधिहरुले आफू र आफ्नो पार्टीको तर्फबाट सधैं सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो।
विभिन्न पार्टी प्रतिनिधिहरुले नगरपालिकामा आफ्नो ५ बर्षको अवधिभर कुशलता पुर्बक प्रशासन सन्चालन देखि कानुन निर्माण गर्नुभएकोमा सुरेन्द्र सिंहलाई आँखामा राखेर समेत नबिझाउने भनेर प्रशंसा गर्नुभयो ।
“सफा र सुन्दर नगर दिगो बिकाश र सुशासनको लहर” को नाराको मुल परिििभाषा समेत गरेर नाराले भन्न खोजेको मुल मर्ममा रहि कार्य अगाडि बढाउन सिंहले अनुरोध गर्नुुुभयो। कयौं रातदिन नभनिकन बिकासप्रती न नगरबासीप्रती उत्तरदायी भएर सेवा दिने क्रममा सहयोग गर्ने जनप्रतिनिधि कर्मचारी र नगरपालिकाबासी स्त्थानीय सबैलाई धन्यवाद दिंदै बिदा भए ।
अन्तमा नगर प्रमुख रावलले शुरूवात नगरपालिका स्थापनाकालदेखि हालसम्म योगदान पुर्याउनुहुने सम्पुर्ण कर्मचारी लगाएत मुख्यत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले नलगाड नगरपालिकालाई पुर्याएको योगदान इतिहास बनेर बस्ने बताउनु भयो साथै नगरपालिकाले आयोजना गरेको स्वागत एवं बिदाई कार्यक्रम एकै दिन गर्न पाउँद एउटा भारी बोकेर अर्कोजना भारी बिसाएर गएकोमा आगामी आएका नब नियुक्त कर्मचारीलाई भारी सम्हालेर बोक्न निर्देशन दिएर स्वागत एवं बिदाइ कार्यक्रमको समापन नगर प्रमुख रावलले गर्नुभयो।
उक्त कार्यक्रममा आफ्नो स्वागत मन्तव्य द्वारा शिक्षा शाखा प्रमुख बलबिर बि क ले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत गिरीलाई स्वागत र नि बर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह यज्ञ बहादुर खत्री सब ईन्जिनियर नबचन्द्र ओलि र अनिवार्य अवकाश सब ईन्जिनियर मोहन खड्कालाई बिदाई गर्नुभएको थियो।कार्यक्रम योजना शाखा अधिकृत नारायण खत्रीले सन्चालन गर्नुभएको नगर प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।
सुरेन्द्र सिंहको बिदाईमा रिम्ना पुगे कर्मचारी