Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedजनताको घर दैलोमा ब्यस्त वडा अध्यक्ष तिलकबिर सुनार

जनताको घर दैलोमा ब्यस्त वडा अध्यक्ष तिलकबिर सुनार

बाँकेको खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष तिलकबिर सुनारले आफुले गरेका बिकासका कामहरुको बारेमा जनता सङ्ग भेट्घाट अनि बिचार बिमर्श सल्लाह सुझाव गुनासो ,हाल सम्म स्थानीय सरकार द्वारा गरिएका बिकास निर्माण एवं आगामी कार्ययोजना र जनता का समस्या बारे बृहत् छलफल गर्दै घर दैलो कार्यक्रमलाई तिब्रता दिए लगतै वडा अध्यक्ष सुजनताको घर दैलोमा ब्यस्त छन् ।

सोमबार खजुरा गाउँपालिका ४ एफ गाउँ दोहोरो लाइनमा जनभेला गरि स्थानीय सरकारको तर्फबाट जनप्रतिनिधि हरु सहभागी भएर सबैको माग अपेक्षा इ गाउँ स्कुल चोक देखी एफ गाउँ हुँदै हवल्दारपुर जोडने बाटो छिट्टै स्तरोउन्न्ती का साथै कालोपत्र होस् भन्ने स्थानीय द्वारा माग आएपछि अध्यक्ष सुनारले स्थानीय सरकारको प्रतिनिधित्वको हैसियतले ई गाउँ स्कुल चोक देखि जनकल्याण मा बि एफ गाउँ स्कुल चोक सम्म कालोपत्र गरिने र बाकी रहेको बाटो निरंतरता मा परेको जानकारी बताउनुभयो । अन्तमा स्थानीय सरकार स्थानीय जनताको साथमा भएको जनप्रतिनिधिले राम्रो काम गरेको र आगामी कार्यकालका लागि समेत पुन दोहर्याउनि स्थानीयको माग अनुसार अध्यक्ष सुनारले कुन ठाँउ स्थानमा पार्टीले जिम्मेवारी दिन्छ त्यही हुन्छ मैले अथवा अहिलेका हामी जनप्रतिनिधिले चाहेर नहुने बताउदै पार्टीको निर्णय नै सर्बोपरी हुने बताउनु भयो।

उक्त छ्लफलमा सहभागी युबा नेता हेमराज शर्मा ,महिला समाजसेवी लिला सुनार ,युबा नेता तरुण क्षेत्री ,युबा नेता अनिल तिरुवा,समाजसेवी बिर बहादुर बि सि र  बसन्ती सुनार लगाएतको उपस्थिति रहेको लिला सुनारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments