बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिकामा सोमबार हुने भनिएको गाउँ सभा विपक्ष नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीले स्थानीय नागरिकको हकहित बिपरित काम गरेको भन्दै बिरोध प्रदर्सन गरे लगतै सोमबार सप्पन्न हुने भनिएको गाउँसभा अनिश्चित कालका लागि अथवा अर्को सूचना जारी नभए सम्मका लागि अन्तिम गाउँसभा स्थगित गरिएको छ।
नेपाली काङ्ग्रेसले एकल रूपमा शुरु गरेको बिरोध प्रदर्सनमा आइतबार बेलुका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्यवद्धता जनाउदै बिज्ञप्ती सार्बजनिक गरे । सोमबार सयुक्त बिरोध प्रदर्सनमा नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदीप)ले स्थानीय सरकारले आफ्नो गतिविधिहरु सुधार नगरे कडा रूपमा अन्य कदम चाल्न बाध्य हुने बताए।भने नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि ले गाउँपालिकाको जवाफ स्थानीय नागरिकहरुको हकहितमा नभएको भन्दै अझै सुधार गरेर आगामी आउँदो गाउँ सभा नागरिकहितमा काम नगरे बिरोध प्रदर्शनका अन्य कामहरु गर्ने बताउनुभयो ।
बिरोध किन निरन्तर भएको भन्ने बारे गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल यसो भन्नुहुन्छ:- स्थानीय सरकारले स्थानीय नागरिकहरुको हितमा दीर्घकालीन योजना सहित काम गरिरहेको छ। बिरोध गर्ने नेपाली काङ्ग्रेस बाट निर्वाचित बैजनाथ ८ वडा सरकार जुन बिरोधमा सहभागी हुनुहुन्छ उहाँकै कारण किसानहरुको लगत तथ्यांक ढिलो भएको हो। एकातिर बिरोध र अर्कोतिर आफै निर्णय गर्नेमा हुनुहुन्छ ।महालेखाको बेरुजु सम्बन्धमा सप्पन्न नभएका योजनाहरुको कार्य थालनी गर्न लिईएको पेश्की रकम हो जुन बिल फर्च्युट नभए सम्म बेरुजु देखाउछ।
के अब गाउँ सभा हुँदैन त भन्ने प्रश्नमा अध्यक्ष भन्नुहुन्छ हुन्छ तर कहिले गर्ने भन्ने निर्णय भएको छैन हाल अर्को सूचना जारी नभएसम्म हामीले गाउँ सभा अनिश्चित कालका लागि रोकिएको छ।अब पहिला गाउँ कार्यपालिकाको बैठक बस्छौ अनि निर्णय गरेर गाउँ सभा तोक्छौ अहिलेनै कहिले हुन्छ अथवा हुँदैन भन्न सकिन्न जबसम्म कार्यपालिकाको निर्णय हुँदैन आधिकारिक धारणा आउँदैन भन्नुहुन्छ ।हाल सम्म सबै निर्णयहरु सर्बसम्मत निर्णय गरेको बैजनाथ गाउँपालिकाले सबै पार्टी बाट निर्वाचीत जनप्रतिनिधिहरुको सुझावका साथै साझा धारणाका साथ आगामी निर्णय गर्ने आवश्यकता देखिन्छ । अर्कोतर्फ विपक्ष नेपाली काङ्ग्रेस का १० जना र नेकपा एकीकृत समाजवादीका १ जना गरि कुल ११ जना गाउँ सभा सदस्य सम्बन्धित पार्टीहरुको तर्फबाट बिरोध सभामा सहभागी भएता पनि नेकपा एमालेको स्पष्ट बहुमत छ जसमा ३३ सदस्यीय गाउँ सभाको पक्षमा छन् । तर गाउँपालिका अध्यक्ष रुचाल सबै निर्णय सर्बसहमय पास गर्न सबैको अनिवार्य सहमति लिएर मात्र बैजनाथको बिकास सम्भव छ । यहाँका सबै दल र पार्टीको सहमति नै बैजनाथको बिकासको सकारात्मक पक्ष हो। हामी सबै मिलेर मात्र बैजनाथको बिकास सम्भव छ त्यसैले छलफल गरेर उचित निर्णय लिने बताउनुभएको छ।