Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedमाओवादी MCC को पक्षमा छैन : प्रवक्ता महरा

माओवादी MCC को पक्षमा छैन : प्रवक्ता महरा

कोहलपुर /नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले केही दिन भित्रै एमसीसी बारे टुंगो लाग्ने बताए ।

तोकिएको मितिमा स्थानीय चुनावमा हुने भन्दै महराले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।माओवादी केन्द्र कोहलपुरको बिस्तारीत बैठकमा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले चुनाबी अभियानमा लाग्न निर्देशन दिए । कोहलपुरको बिकास र समृद्धिका लागि माओवादीको नेतृत्व आवश्यक रहेको भन्दै नेता न्यौपानेले जनताको घर-घरमा जान निर्देशन दिए ।

बर्तमान नेतृत्वको कारण कोहलुरको बिकास पछाडी धकेलिएको भन्दै उनले सुशासन र पारदर्शी स्थानीय सरकार बनाउन आवश्यक रहेको बताए ।माओवादी केन्द्रले स्थानीय चुनाव लक्षित एक महिने जनसम्वन्ध सुद्धृढीकरण तथा बिस्तार अभियान घोषणा गरेको छ । अभियान अन्तरगत माओवादी अफ्नो एजेण्डा सहित घरघर पुग्ने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

अभियान अन्तर्गत संगठन निर्माण, जन सेवा र जनपरिचालनका काम गर्ने माओवादीले जनाएको छ । कार्यक्रममा कोहलपुर क्षेत्रका २ दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले र काँग्रेस परित्याग गरि उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष खड्काले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments