Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकोहलपुरमा ब्यबसायिक तरकारी खेती तालिमको शुभारम्भ

कोहलपुरमा ब्यबसायिक तरकारी खेती तालिमको शुभारम्भ

 

बाँकेको कोहलपुरमा आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था लि. इलाका नं ७ को आयोजनामा २ दिने ब्यबसायिक तरकारी खेती तालिमको शुभारम्भ गरिएको छ।तालिम समारोहलाई उदघाटन गर्दे प्रमुख अतिथी एबं कोहलपुर नगरपालिका नगर कार्यपालिकाका आर्थिक विकास संयोजक डिल बहादुर परियारले तरकारी खेती तालिमले महिला शशक्तिकरणमा टेवा पुग्नुका साथै हरेक उत्पादनको क्षेत्रमा महिलाहरुको पहुच हुने बताउनु भयो । उहाले आर्थिक रुपमा महिलाहरु सक्षम भए ब्यक्ति, परीवार र देशमा संबृद्घी हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

ब्यबसायीक तरकारी उत्पाद गर्न सके ग्रामिण इलाका र स्थानिय उत्पादनमा निर्भर हुन सक्षम हुने बताउदै नगरका आर्थिक बिकास संयोजक परीयारले ऋण लिने मात्र नभइ ऋणको सदुपयोग गरी आर्थिक सबलता तर्फ उन्मुख हुन सबैलाई आग्रह गर्नु भयो ।

अतिथीकै आसनबाट बोल्दै जन आस्था बहुउद्घेश्यि सहकारी संस्था लि. कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले खेतीपातीमा बैज्ञानिक प्रबिधि तथा ब्यबसायीकरणको प्रयोग हुन नसक्दा बैदेशिक रोजगारीमा जानेको संख्यामा बृद्घि भएको चर्चा गर्दै स्वदेशमै दक्ष जनशक्तिको उत्पादनका लागि ब्यबसायीक तरकाती खेती तर्फ लाग्नुको बिकल्प नरहेको बताउनु भयो । उहाले बांके बर्दिया लगाएत तराइका अधिकांश जिल्लाहरुमा भारतिय तरकारीमा निर्भर भइ स्वदेशि मुद्रा बाहिरिने गरेको चर्चा गर्दै स्वदेसमै तरकारी उत्पादन गरि स्वसक्षमता तर्फ लाग्न सहभागिहरुलाई आब्हान गर्नु भयो ।

तालिमका प्रमुख प्रशिक्षक एबं कोहलपुर नगर कृषि प्रमुख चन्द्र बहादुर बुढाले तरकारी हरेक चुलोमा अनिबार्य भएकाले हरेक घरमा उत्पादन भइरहेको भएपनि ब्यबसायीक रुपमा हुन नसकेकाले ब्यबसायीकीकरण हुनसके आर्थिक श्रीबृद्घिमा टेवा पुग्ने बताउनु भयो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लि. इलाका नं ७ का प्रमुख प्रमोद रिजालको सभापतित्वमा शुभारम्भ तालिम उदघाटन शत्रमा बांके, बर्दियाका गरि ३० जना महिला सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका कौशिलानगर शाखा प्रमुख बेद बहादुर शाहशंकरले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments