बाँके जिल्लाको कोहलपुर नगरपालिका नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )काेहलपुर नगर समिति अन्तरगत वडा नम्बर ९ मा आसन्न निर्वाचनका लागि पार्टी कार्यालय उद्घाटन स्थापना गरिएको छ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण के सि नमुना लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन उषा नेकपा माओवादी केन्द्र निकट निजामती संगठनका केन्द्रिय उपाध्यक्ष तप्तराज आचार्य कोहलपुर नगर अध्यक्ष अबराज खड्का रेनुका खड्का लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा नेकपा माओवादी केन्द्र कोहलपुर वडा नम्बर ९ को पार्टी कार्यालय उद्घाटन गरिएको छ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कोहलपुर ९ नम्बर वडा बाट अध्यक्ष ओपेन्द्र नाथ योगि
खुल्ला सदस्य -इजरायल हुसेन खुल्ला सदस्य -मोहम्मद रफिक हुसेन महिला सदस्य -श्रृष्टि चौधरी
दलित महिला सदस्य -अमृति चमार सर्बसहमत उम्मेदवार चयन गरिएको नेकपा माओवादी केन्द्रका नेता रेनुका खड्काले जानकारी दिनुभयो ।