काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कानुनअनुसार नै छानबिन गरेको दाबी गरेका छन् । सोमबार अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा उनले राष्ट्र बैंक ऐनअनुसार नै छानबिन गर्न निलम्बन गरेको बताए ।
“राष्ट्र बैंक ऐनअनुसार नै निलम्बन गरेको हो । छानबिन गर्न समिति बनाएका छौँ । छानबिन समितिलाई सहज रूपमा काम गर्न दिए समितिले प्रतिवेदन दिने र के कारणले छानबिन गरिएको भन्ने प्रष्ट हुन्छ,” उनले भने ।
समितिले आन्तरिक तथ्यलाई लिएर प्रतिवेदन बनाउने उनले बताए ।