बाँके जिल्लाको कोहलपुरमा पश्चिम नेपालको पाँच तारे होटल सेन्ट्रल प्लाजाले स्थानिय सेवाग्राहीलाई प्राथमिकतामा दिँदै २०७८ साललाई बिदाई २०७९ नयाँ वर्षको स्वागत कार्यक्रम गरेर कोहलपुरलाई संगीतमय बनाउने भएको छ।
मंगलबार वर्षको अन्तिम दिन बेलुका आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको प्रमुख आकर्षक नेपाली चर्चित गायक प्रमोद खरेल आउने आयोजकले जानकारी दिएका छन् । होटल व्यवस्थापन पक्षका अनुसार मंगलबार साँझ ८ बजेबाट शुरु कार्यक्रम वैशाख १ गते १२ः३० बजेसम्म चल्ने छ । उद्घोषक केबी खड्का र काठमाण्डौको स्काई डान्स ग्रुप सहित स्थानिय कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुती दिने बताइएको छ ।
विशेषगरी स्थानिय सेवाग्राहीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा रु. १ हजारमा भव्य मनोरञ्जनात्मक लाईभ सिंङ्गिग कार्यक्रममा विशेष अफरको रुपमा स्न्याक्स सहित जुस-बारमा सेवाग्राहीले मनोरंजन लिने छन् ।नयाँ व्यवस्थापन सहित सेवा प्रवाह गरिरहेको कोहलपुर क्षेत्रकै पहिलो तारे होटल सेन्ट्रल प्लाजामा समेत गुणस्तरीय सेवा लिन सक्ने व्यवस्थापन मिलाइएको होटलका एस एण्ड एम म्यानेजर रमेश कुमार पाठकले जानकारी दिए ।
विशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरेर नेपाली सिमा नजिकका भारतीय शहरहरु बहराइच,लखनउमा प्रचार प्रसार गरिएको छ भने निकट भबिस्यमा होटलमा थप अत्याधुनिक सुविधा सहितका ९ वटा रुमहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको छ साथै अग्नी समूहले सञ्चालनमा ल्याए लगतै आवश्यक सेवा सुविधाहरु थप हुने भएको छ । विशेष गरी निकट समयमा मसाज, स्पा, फिटनेस–जिम, स्विमिङ्ग पुल लगाएत थप केहि चरणमा विभिन्न फेस्टिवलहरुको आयोजनालाई निरन्तर रुपमा अगाडी बढाउने तयारी पुरा भइसकेको व्यवस्थापन पक्षले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।